वीरगन्जका मेयर सिंहलाई पक्राउ गर्न प्रहरी परिचालन

वीरगन्ज ,१३ जेठ। किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ। मेयर सिंहलाई नियन्त्रणमा लिन प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ। मंगलबार मेयर सिंहसहित ४ जनाको नाममा पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र ९पुर्जी० प्राप्त हुनासाथ प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो।

मेयर सिंह अदालतमा हाजिर हुन जाँदा प्रहरीलाई सोको जानकारी किन नगराइएको र कसको संरक्षणमा उनी सुटुक्क अदालत छिरे भन्ने विषयमा समेत प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ।

प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालतमा आएको सूचना ढिलो गरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली अदालत पुगेको थियो। तर, प्रहरी टोली पुग्नुभन्दा पहिल्यै मेयर सिंह त्यहाँबाट फरार भइसकेका थिए।

फरार भएका मेयर सिंहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्साले सम्भावित क्षेत्रहरूमा विशेष टोली परिचालन गरी निगरानी बढाएको छ। कानुनको नजरमा फरार रहेका स्थानीय सरकारका प्रमुख नै प्रहरीलाई छक्याउँदै हिँड्न थालेपछि वीरगन्जको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन

काठमाडौं,१३ जेठ । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गर्नु भएको छ । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल

वीरगन्जका मेयर सिंहलाई पक्राउ गर्न प्रहरी परिचालन

वीरगन्ज ,१३ जेठ। किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र

डि पि एल उर्लाबारी द्वारा निःशुल्क दन्त शिविर सम्पन्न

उर्लाबारी, १३ जेठ  । उर्लाबारी वार्ड नं। १ स्थित सुन्दह इङ्गलिस बोर्डिङ स्कूलमा डि पि एल उर्लाबारीको आयोजना र ॐ शान्ति डेन्टल हस्पिटल, दमक ५,

हामी पुर्जा वितरणको तयारमा थियौं तर दुईतिहाईको सरकारले डोजर चलायो

काठमाडौं,१३ जेठ । सरकारले विना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरुले विरोध जनाउनु भएको छ। उहाँरुले सरकारको नेतृत्व गरेको पार्टीका सभापति

लगानीको अभिभावकत्व लिने व्यवस्था राख्नुपर्छ : पाण्डेको माग

काठमाडौं,१३ जेठ । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । राज्यले लगानीको

बत्तीमा तेल कम भए पनि यो निभ्नेवाला छैन :सीपी गजुरेल

काठमाडौं,१३ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले २५ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार–सम्मान समारोहमा सम्बोधन गर्दै जनयुद्ध, क्रान्ति