बकर ईदको अवसरमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर,१४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै त्याग, समर्पण, सहिष्णुता, आपसी सद्भाव र मानव सेवाको सन्देश बोकेको बकर ईदले समाजमा आपसी एकता, भाइचारा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउनु भएको छ।

 

उहाँले यस पर्वले सबै समुदायबीच प्रेम, सम्मान, सहकार्य र आपसी विश्वास अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त नेपाली समाजमा यस्ता पर्वले विविधताबीचको एकता कायम गर्न उत्प्रेरित गरिरहेको उल्लेख गर्नु भएको छ।

 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आफ्नो स्थापना कालदेखि नै सबै जातजाति, धर्म र संस्कृतिको सम्मान गर्दै तिनको संरक्षण र संवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ् । सीमित स्रोत र साधनका बाबजुद सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उहाँको भनाइ छ ।

 

शुभकामना सन्देश मार्फत मुख्यमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायसहित सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले