आज देशभर ’बकर ईद’ मनाइँदै

जनकपुर,१४ जेठ। मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । मुस्लिम धर्मावलम्बीहरूले मनाउने यो दोस्रो ठुलो महान् पर्व हो । बकरा ईद (इद–उल–अजहा) पैगम्बर हजरत इब्राहिमले अल्लाह (ईश्वर) प्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइने गरिन्छ ।
यस पर्वमा आफ्नो सबैभन्दा प्रिय वस्तु वा चौपायाको ‘कुर्बानी’ (बलिदान) दिने र दान गर्ने परम्परा रहेको छ । जनकपुरधामका स्थानीय जानी खानका अनुसार इस्लामिक धार्मिक ग्रन्थ कुरानमा, पैगम्बर हजरत इब्राहिमलाई अल्लाहले सपनामा उहाँको सबैभन्दा प्यारो चिजको बली (कुर्बानी) दिन आदेश दिनु भएको थियो । हजरत इब्राहिमलाई आफ्ना छोरा इस्माइल सबैभन्दा प्यारो लाग्दथ्यो ।

 

अल्लाहको आदेश शिरोधार्य गर्दै उहाँ आफ्ना छोरालाई बलि दिन तयार हुनु भएको थियमे । अल्ला इब्राहिमको त्यो उच्च निष्ठा र समर्पण देखेर प्रसन्न भई अल्लाहले इस्माइललाई कुनै चोट नपुगोस् भनी उहाँको स्थानमा एउटा दुम्बा (भेडा) को बलि पठाउनु भएको थियो । यही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो । यो पर्वले मानिसलाई आफ्नो अहम्, स्वार्थ र सबैभन्दा प्रिय वस्तु समेत त्याग गर्न प्रेरित गर्ने बताउँनु हुन्छ स्थानीय खान । कुर्बानी गरिएको मासुलाई धार्मिक मान्यता अनुसार तीन भाग लगाइन्छ । एक भाग गरिब तथा विपन्नहरूलाई, एक भाग इष्टमित्र तथा आफन्तलाई र अन्तिम एक भाग आफ्नो परिवारका लागि छुटाउनुपर्ने नियम छ ।

 

यसले समाजमा समता, भाइचारा र दानको भावना जागृत गर्छ । आजको दिन बिहानै सफा कपडा लगाएर इदगाह वा मस्जिदमा भेला भई विशेष नमाज (प्रार्थना) पढिन्छ र एक–अर्कालाई अङ्कमाल गरेर ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गरिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आज देशभर ’बकर ईद’ मनाइँदै

जनकपुर,१४ जेठ। मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । मुस्लिम धर्मावलम्बीहरूले मनाउने यो दोस्रो ठुलो महान् पर्व हो । बकरा ईद

प्रचण्डद्वारा बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना

काठमाडौं,१४ जेठ । नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बकर ईद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई सुदृढ बनाउन प्रेरणा

बकर ईदको अवसरमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर,१४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा

चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन

काठमाडौं,१३ जेठ । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गर्नु भएको छ । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल

वीरगन्जका मेयर सिंहलाई पक्राउ गर्न प्रहरी परिचालन

वीरगन्ज ,१३ जेठ। किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र

डि पि एल उर्लाबारी द्वारा निःशुल्क दन्त शिविर सम्पन्न

उर्लाबारी, १३ जेठ  । उर्लाबारी वार्ड नं। १ स्थित सुन्दह इङ्गलिस बोर्डिङ स्कूलमा डि पि एल उर्लाबारीको आयोजना र ॐ शान्ति डेन्टल हस्पिटल, दमक ५,