नेपाली माटोका सच्चा प्रेमी अमेरिकी समाजसेवी म्याकलेननको निधन

काठमाडौं,१४ जेठ । अमेरिकाका सामाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन भएको छ । क्यान्सर रोगसँग लामो समयदेखि लडिरहनु भएको उहाँको बुधबार निधन भएको हो । सन् २००६ तिर पहिलोपटक पर्यटकका रूपमा नेपाल आँउनु भएका स्कट यहाँका ग्रामीण भेगका मानिसहरूको गरिबी, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था र खासगरी महिलाहरूको संघर्ष देखेपछि निकै प्रभावित हुनु भएको थियो। त्यसपछि उहाँले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षाको पहुँच पु¥याउने उद्देश्यले ‘द माउन्टेन फन्ड’ नामक गैरसरकारी संस्थाको स्थापना गर्नु भयो।

उक्त संस्था मार्फत उहाँले ओखलढुङ्गा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण र स्वास्थ्य चौकीहरू निर्माण गर्ने कार्यमा ठूलो योगदान पु¥याउनु भएको थियो। ०७२ सालको विनाशकारी भूकम्पको समयमा स्कट र उहाँको टोलीले धादिङ र सिन्धुपाल्चोकका दुर्गम गाउँहरूमा पुगेर उद्धार तथा राहत सामग्री वितरणमा काम गरेको थियो। घरबारविहीन भएका सयौँ परिवारका लागि अस्थायी आवास निर्माण र घाइतेहरूको उपचारमा उहाँले सहयोग गर्नु भयो। एक कुशल फोटोग्राफरका रूपमा स्कटले नेपालका हिमाल, संस्कृति र विशेष गरी नेपालीहरूको जीवनका अनेकौँ आयामहरूलाई तस्बिरमार्फत विश्वभर चिनाउने काम गर्नु भयो।

अन्तर्राष्ट्रिय मञ्चहरूमा उहाँले खिचेका तस्बिरहरू प्रदर्शन गरेर नेपालको पर्यटन र यहाँका सामाजिक मुद्दाहरूमा विश्वको ध्यान आकर्षित गराउँदै आउनु भएको थियो । उहाँलाई नेपाल र नेपालीहरूलाई आत्मादेखि माया गर्ने सच्चा अमेरिकी समाजसेवीका रुपमा चिन्ने गरिन्छ । भौगोलिक रूपमा अमेरिकी नागरिक भए पनि उहाँको मन र कर्म सधैँ नेपाली माटोमै समर्पित रहेको उहाँ निकट शुभेच्छुकहरुको भनाइ छ । बिहीबार स्कटको सेलिब्रेशन अफ लाइफ स्मारक सेवा कार्यक्रम गरिँदै छ । उहाँकी श्रीमती सुनिता सुवेदी शर्मा (म्याकलेनन)ले स्कटको फेसबुकमा स्टाटस लेख्दै बिहीबार दिउँसो १ बजे स्कटको सेलिब्रेशन अफ लाइफ स्मारक सेवा कार्यक्रम गर्न लागेको जानकारी दिइनु भएको थियो।

उहाँले स्कटको बिदाइ र स्वर्गीय यात्राको सुरुवातको लागि श्रद्धाञ्जली व्यक्त समेत गर्नु भएको थियो।
स्कटका साथी तथा आफन्तहरुले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरिरहनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले