ठेक्का लिनै मान्न छोडे ठेकेदार, बजेटले ल्याउला विकासमा नयाँ सुधार ?

दमक,१४ जेठ । भोली, जेठ १५ गते! सारा देशको नजर संघीय संसदमा हुनेछ। अर्थतन्त्रका जानकार मानिने अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। तर प्रश्न यो हो— के यो बजेटले आम नागरिकको भान्सादेखि निर्माण व्यवसायीको कार्यस्थलसम्म फैलिएको ’महँगीको आगो’ निभाउन सक्ला?

अवस्था कति भयावह छ भने, हिजो ठेक्का लिन मरिहत्ते गर्ने व्यवसायीहरू आज बोलपत्र हाल्न समेत डराइरहेका छन्। बिराटनगर महानगरपालिकाको ४६ ठेक्कामा १४ वटामा त एउटा पनि निवेदन परेन। किन? किनकि निर्माण सामग्रीको मूल्य यति बढेको छ कि सरकारी ’स्टिमेट’ मा काम गर्नु भनेको आफैँ डुब्नु हो।

अर्थमन्त्री ज्यू, तपाईं अर्थतन्त्रको विज्ञ हुनुहुन्छ। तपाईंबाट देशले ’परम्परागत भाषण’ होइन, ’क्रांतिकारी सुधार’को अपेक्षा गरेको छ। के यो बजेटले निर्माण सामग्रीको अनियन्त्रित मूल्य वृद्धिलाई सम्बोधन गर्नेछ? के पुरानो ढर्राको ’रेट रिभ्यु’ लाई खारेज गर्दै नयाँ बजार भाउ अनुसारको ’प्राइस एड्जस्टमेन्ट’ को ठोस संयन्त्र ल्याउन सक्नुहुन्छ?

यदि भोलिको बजेटले पनि महँगी नियन्त्रणको बलियो आधार तयार गर्न सकेन भने, सम्झनुहोस्— तपाइँले ल्याउने खर्बौंको बजेट कागजको खोस्टो सावित हुनेछ। विकासका योजनाहरू अलपत्र पर्नेछन् र देशको पूर्वाधार निर्माण ठप्प हुनेछ।

डा. वाग्ले, अब ’एक्सपर्ट’ को परिचय मात्र काफी छैन। जनताले तपाइँको बजेटमा महँगीविरुद्धको प्रहार खोजेका छन्। के तपाईं महँगीको यो चपेटाबाट देशलाई मुक्त गर्न सक्नुहुन्छ? कि फेरि पनि विकासको सपना महँगीको नाममा बन्धक रहनेछ?

भोलि अपरान्ह ४ बजे, इतिहासले तपाईंको यो बजेटको लेखाजोखा गर्नेछ!

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको