गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री चुप हुनुमा कांग्रेसको आपक्ति

काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताउनु भयो।

उहाँले भन्न्ुाभयो, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु । किनकी अहिलेसम्मको अभ्यास यो भएको छैन् । उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’

त्यस्तै थापाले कानुनी प्रक्रिया र अनुसन्धानको विषयमा टिप्पणी गर्दै सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने कांग्रेसको धारणा रहेको बताउनु भयो ।
उहाँले अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै पहिले पक्राउ गरेर पछि अनुसन्धान गर्ने शैली ‘मिडिया स्टन्ट’ जस्तो देखिएको टिप्पणी पनि गर्नुभयो।

उहाँले भन्नु भयो, ‘जति भदौं २३ मा संलग्न हुनुहन्छ २४ गतेपनि त्यति नै हुनुन्छ । कानुन सम्मत जानुहुन्छ भने कानुनभन्दा माथि कोही पनि हुँदैन। नेपाली कांग्रेसले कानुनसम्मत जो कोही आउँछ भने हुने स्वीकार गर्छ। पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्ट जस्तो भएको छ । सत्य तथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वास्थ्य सेवामा ठूलो संख्यामा कर्मचारी भर्नाको बाटो खुल्यो

काठमाडौं,१४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ । भूमि

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री चुप हुनुमा कांग्रेसको आपक्ति

काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा

धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन : जनक परियार

काठमाडौं ,१४ जेठ। दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताउनु भएको छ । बिहिवार

नेपालमा स्थानीय तहको न्यायिक समिति : संवैधानिक व्यवस्था, कानूनी क्षेत्राधिकार र कार्यविधि

नेपालको संविधानले राज्यको संरचनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक स्वरूपमा पुनर्संरचना गर्दै राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने व्यवस्था गरेको छ। सङ्घीयताको मूल मर्म नागरिकलाई

महानगरको मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र रोजगारी : चिरिबाबु महर्जन

काठमाडौं,१४ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता बनाइने बताउनु भएको छ । बिहीबार ललितपुरमा आयोजित अङ्गदाता