गणतन्त्र विकास र समृद्धि हासिल गर्ने माध्यम बन्नुपर्छः मुख्यमन्त्री शाह

धनगढी,१५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्र राजनीतिक उपलब्धि मात्र नभइ विकास र समृद्धि हासिल गर्ने माध्यम हुनुपर्नेमा जोड दिनु भएको छ् । गणतन्त्र दिवसको अवसरमा शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले गणतन्त्र जनतालाई अधिकार, सम्मान र भविष्य सुनिश्चित गर्ने जीवन प्रणाली बन्नुपर्नेमा जोड दिनु भएको छ।

 

प्रदेश सरकार नागरिकका अधिकार सुनिश्चित गर्दै समृद्ध नेपाल निर्माणमा कटिबद्ध भएर काम गरिरहेको उहाँको भनाई छ । त्यस्तै, पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले गणतन्त्र नागरिकलाई घरवारविहीन बनाउन नभइ गाँस र वासको व्यवस्था गर्ने माध्यम हुनुपर्नेमा जोड दिनु भएको छ।

 

बर्तमान सरकारले नागरिकका अधिकार कटौति गर्नेकाम गरिरहेको उहाँको आरोप छ । उहाँले जनताको बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्दै देशलाई समृद्ध बनाउनु आजको अपरिहार्यता रहेको औंल्याउनु भएको छ । नेकपा संसदीय दलका नेता खगराज भट्टले जनतालाई दिनुपर्ने समृद्धि र सुशासनका लक्ष पूरा हुन नसक्दा निराशा बढेको बताउनु भयो । उहाँले वर्तमान समय गणतन्त्र र संघीयताका लागि लडेकाहरूको अग्नि परिक्षाको समय भएको बताउँदै नागरिकको पक्षमा निस्वार्थ उभिनसक्नु पर्नेमा जोड दिनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले