अपराधी पक्राउ

खुकुरी प्रहार गरेको आरोपमा पाँचजना पक्राउ

 

 

 

काठमाडौं। काठमाडौंको शंखमूलमा खुकुरी प्रहार गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ घर भई हाल काठमाडौंको जडिबुटीमा बस्‍दै आएका १९ वर्षीय राजेश बुढाथोकी, नाम्दु नगरपालिका-६ घर भई हाल जडिबुटी बस्‍ने ३४ वर्षीय रोशन लामा रहेका छन् । यस्तै मध्‍यपुर ठिमी नगरपालिका-९ बस्‍ने २३ वर्षीय पुकार केसी, बतासे गाउँपालिका-९ घर भई भक्तपुर, राधेराधे बस्दै आएका २३ वर्षीय प्रवीण नेपाल र खाँडादेवी गाउँपालिका-३ घर भई जडिबुटी बस्‍दै आएका २७ वर्षीय संजीव मोक्तान रहेको महानगरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई ज्‍यानसम्बन्धी कसूरमा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत बानेश्वरमा पठाइएको छ ।

यसअघि काठमाडौंको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा