ऊर्जा क्षेत्रमा बजेट सकारात्मक तर दीर्घकालीन लक्ष्यमा अस्पष्ट भएको दुलालको दाबी

काठमाडौं,१६ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश चन्द्र दुलालले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटले ऊर्जा क्षेत्रका लागि केही महत्वपूर्ण र सकारात्मक व्यवस्थाहरू समेटेको भए पनि केही महत्वपूर्ण विषयमा अझै स्पष्टता नआएको बताउनु भएको छ् । दुलालका अनुसार बजेटमा नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण÷व्यापार गरी तीन कम्पनीमा पुनःसंरचना गर्ने, १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको तत्काल विद्युत खरिद सम्झौता (पीपीए) गर्ने, सुख्खायामका लागि छुट्टै विद्युत खरिद दर निर्धारण गर्ने तथा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत व्यापारमा सहभागी गराउने व्यवस्थाहरू सकारात्मक छन् ।

 

यस्तै निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गरी विद्युत व्यापार गर्न दिने, जलाशययुक्त तथा ठूला जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने, स्वच्छ ऊर्जा बण्ड तथा डायस्पोरा बण्डमार्फत लगानी आकर्षित गर्ने र दीर्घकालीन तथा स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्ने नीतिले ऊर्जा क्षेत्रमा लगानीको वातावरण सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । वन तथा वातावरण सम्बन्धी प्रक्रियालाई सहजीकरण गर्ने, वन क्षेत्र प्रयोग स्वीकृति तथा रुख कटान आदेशका प्रक्रिया छोट्याउने र विभिन्न कानुनबीचको असंगति हटाउने व्यवस्थाले पनि आयोजना कार्यान्वयनमा सकारात्मक प्रभाव पार्न सक्ने दुलालले बताउनु भयो ।
तर बजेटमा ऊर्जा क्षेत्रको दीर्घकालीन लक्ष्य र नीतिगत स्पष्टताको अभाव रहेको उहाँको टिप्पणी छ । विगतमा जस्तै आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य यसपटकको बजेटमा समावेश नगरिएको भन्दै उहाँले यसले ऊर्जा क्षेत्रको दीर्घकालीन दृष्टिकोणबारे प्रश्न उठाएको बताउनु भयो ।

 

पीपीए सम्बन्धी व्यवस्थामा पनि सुख्खायामको ऊर्जा मात्र खरिद गर्ने सुनिश्चितता गरिएको देखिएको र त्यो पनि प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत हुने संकेतले निजी क्षेत्रका लागि थप चुनौती सिर्जना गर्न सक्ने उहाँको भनाइ छ । निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने व्यवस्था स्वागतयोग्य भए पनि वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार निजी क्षेत्रले आफैं खोज्नुपर्ने अवस्था आउन सक्ने दुलालले बताउनु भयो । त्यसका लागि आवश्यक पूर्वाधार, कानुनी स्पष्टता तथा अन्तर्राष्ट्रिय बजार पहुँच सुनिश्चित गर्न सरकारको विशेष पहल आवश्यक रहेको उहाँको धारणा छ ।

 

उहाँले सबैभन्दा ठूलो चिन्ताको विषय लामो समयदेखि पीपीए रोकिएका १० मेगावाटभन्दा माथिका जलविद्युत आयोजना रहेको बताउनु भयो । बजेटले १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पीपीए गर्ने व्यवस्था गरे पनि ठूला आयोजनाका सम्बन्धमा कुनै स्पष्ट नीति नल्याएकाले ती आयोजनाको भविष्य थप अन्योलमा परेको उहाँको भनाइ छ । ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारबाट थप स्पष्ट नीति, दीर्घकालीन योजना तथा लगानीकर्ताको विश्वास कायम गर्ने खालका निर्णय आवश्यक रहेको दुलालले जोड दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले