सुरक्षित समाज निर्माणका लागि महिला माथि हुने विभेद अन्त्य हुनुपर्छः राष्ट्रपति

काठमाडौं,१६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिला माथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ । “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘महिलामाथि हुने सबै प्रकारका विभेद हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । घर, समाज, कार्यस्थल तथा निर्णय प्रकृयामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवद्र्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता देखिन्छ ।’

 

महिलाको अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवद्र्धन गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई सम्मान र थप ऊर्जा प्रदान गर्ने बताउनु भएको छ । ‘महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने विश्वास लिएको छु,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कृषि बजेटप्रति कृषि अभियन्ता नेपालको असन्तुष्टि

काठमाडौं,१६ जेठ । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले नीति तथा कार्यक्रममा व्यक्त गरिएका कृषि प्राथमिकतालाई पर्याप्त रूपमा

सुरक्षित समाज निर्माणका लागि महिला माथि हुने विभेद अन्त्य हुनुपर्छः राष्ट्रपति

काठमाडौं,१६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिला माथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका

लायन्स क्लबमा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः सभामुख अर्याल

काठमाडौं,१६ जेठ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले लायन्स क्लब जस्तो सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताउनु भएको छ। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको

ऊर्जा क्षेत्रमा बजेट सकारात्मक तर दीर्घकालीन लक्ष्यमा अस्पष्ट भएको दुलालको दाबी

काठमाडौं,१६ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश चन्द्र दुलालले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटले ऊर्जा क्षेत्रका लागि

मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा रेखा थापा नियुक्त

काठमाडौँ,१६ जेठ । नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित हुनु भएको छ। अस्पताल र अभिनेत्री थापाबीच आगामी एक

नयाँ चलचित्र हललाई १० वर्ष पूर्ण आयकर छुटको घोषणा

काठमाडौं,१६ जेठ। सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने भएको छ । आर्थिक वर्ष २०८३ /