बजेटमा पर्यटन स् ‘विवाह गन्तव्य’देखि ‘डाँफे रुट’ निर्माणसम्मको योजना

काठमाडौं,१६ जेठ । सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकासका लागि देशका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा हिमाली क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार संस्कृति तथा पर्यटन क्षेत्रमा ८ अर्ब ९५ करोड रुपैयाँ र नागरिक उड्डयन क्षेत्रमा ११ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा लुम्बिनी प्रदेशका तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको बृहत् पूर्वाधार विकासका लागि ‘बृहत् लुम्बिनी विकास कार्यक्रम’ सञ्चालन गरिने उल्लेख गरिएको छ । यस कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

मधेश प्रदेशको जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास र ब्रान्डिङ गरिने भएको छ । साथै रामजानकी पथ तथा रामजानकी परिक्रमा सडकको स्तरोन्नतिका लागि बजेट छुट्याइएको छ ।

उच्च हिमाली तथा पर्यटकीय क्षेत्रको विकासअन्तर्गत मुस्ताङ र मनाङका २०० वर्षभन्दा पुराना कम्तीमा दुई दर्जन बौद्ध गुम्बाको संरक्षणका लागि विशेष परियोजना ल्याइने भएको छ । साथै हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धार व्यवस्थालाई थप प्रभावकारी बनाइने सरकारको योजना छ।

विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुरधाम तथा काठमाडौंको गोकर्णेश्वरलाई अघि बढाइने भएको छ ।

बजेटले देशभरका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने विभिन्न प्रादेशिक पर्यटन कोरिडोर निर्माणलाई पनि प्राथमिकता दिएको छ ।
खप्तड–बडिमालिका–शुक्लाफाँटा, काँक्रेविहार–पञ्चकोशी–रारा, ठाकुरद्वार–स्वर्गद्वारी–रुरु क्षेत्र, देवघाट–मुक्तिनाथ–तिलिचो, कालिञ्चोक–जुगल–गोसाइकुण्ड, तथा सखडा–धनुषाधाम–गढीमाई–हलेसी–चतरा–पाथिभरा क्षेत्रलाई पर्यटन कोरिडोरका रूपमा प्रवद्र्धन गरिनेछ ।

ग्रेट हिमालयन ट्रेललाई रणनीतिक पदमार्गका रूपमा विकास गरिने भएको छ भने खप्तड, रामारोशन, बडिमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथलाई जोड्ने ‘डाँफे रुट’ निर्माण गरिने भएको छ ।

त्यस्तै अपि हिमाल, दोर्दी हिमाल, सिकलेस–कहुपुचे–मनाङ तथा तीनजुरे–पाथिभरा ट्रेकिङ रुट विकास गरिनेछ । गण्डकी प्रदेशमा कास्कीको लिपेनी–थुम्सीकोट–भाचोक–लम्तरी हुँदै करापुसम्म तथा व्यास–छाब्दी बाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाटसम्म साइकल ट्रेल निर्माणको परीक्षण कार्यक्रम अघि बढाइने जनाइएको छ ।

संस्कृति संरक्षणतर्फ कीर्तिपुरस्थित सङ्ग्रहालय विस्तार गरिने भएको छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीमा नमूना होमस्टे सञ्चालन गरी दलित समुदायको मौलिक कला, सीप र पेशाको प्रवद्र्धन गरिने सरकारको योजना छ ।

छ हजार मिटरभन्दा अग्ला तर हालसम्म नामकरण नगरिएका हिमाललाई नेपाली मौलिक नाम प्रदान गरी आरोहणका लागि अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने पनि बजेटमा उल्लेख छ ।

नागरिक उड्डयनतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी छ महिनाभित्र टुंग्याइने सरकारको घोषणा छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने भएको छ ।
साथै भरतपुर विमानस्थल विस्तार गरी रात्रीकालीन उडान सञ्चालन गरिनेछ भने प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गरिनेछ । मुगुको ताल्चा विमानस्थल र दाङको टरिगाउँ विमानस्थललाई पनि स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ ।

सरकारले भिजिट नेपाल वर्ष २०८५ र नेपाल आरोग्य वर्ष २०२७ सफल बनाउन सघन तयारी गरिने जनाएको छ । उच्च मूल्यका पर्यटकलाई लक्षित गरी रिसोर्ट तथा होटल निर्माण र सञ्चालनमा भौतिक तथा वित्तीय प्रोत्साहनको व्यवस्था गरिनेछ । साथै पर्यटन गतिविधिलाई ‘आरोग्य पर्यटन’को अवधारणामा आधारित गरी अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरिने र पर्यटकका स्रोत मुलुकमा विविधीकरण गरिने नीति लिइएको छ ।
युरोपेली संघको ‘एयर सेफ्टी लिस्ट’बाट नेपाललाई बाहिर निकाल्ने लक्ष्यसहित आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरी नियामक र सेवा प्रदायकको भूमिका अलग–अलग बनाइने सरकारको घोषणा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले