सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई निजी क्षेत्रलाई धराशायी बनाउने र धनी वर्गलाई मात्र लक्षित रहेको दाबी गर्नु भएको छ। प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भन्नु भयो, ‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ ।’
उहाँले आफू र आफू सञ्चालित संस्थाहरुले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिँदै आएको बताउँदै राज्यले यस्तो सुविधा खोस्न नहुने तर्क गर्नु भएको छ ।

यसैगरी उहाँले सरकारले आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भएको उल्लेख गर्नु भएको छ।
उहाँले भन्नु भयो, ‘मेरो हस्पिटलमा लासबाट पैसा उठाएर, बिरामीबाट पैसा उठाएर पनि म भ्याट बुझाउँछु ? बरु हस्पिटल बन्द गर्दिन्छु । सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भयो । महिनाको जम्मा २८ हजार आउँछ । एउटा केही गतिलो किनेर लैजान सकिँदैन ।’

देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले देशले २१ खर्बको बजेट ल्याएको बताउनु भयो। यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित टिप्पणी गर्दै प्रसाईंले सुकुम्बासी बस्ती हटाउने अभियानको आलोचना गर्नु भएको छ ।
उहाँले खोला किनार र सार्वजनिक जग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा विपन्न नागरिकहरूको आवास भत्काइएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

यस्तै, उहाँले वर्तमान सरकारको आर्थिक नीति, राजस्व संकलन क्षमता तथा सार्वजनिक खर्च व्यवस्थापन माथि पनि प्रश्न उठाउनु भएको छ । बजेटको आकार र राज्यको आम्दानीबीच ठूलो अन्तर रहेको दाबी गर्दै उहाँले सरकारले व्यावहारिक आर्थिक योजना ल्याउन नसकेको आरोप लगाउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले

इटहरीको लाइसेन्स कार्यालयको सेवा अवरुद्ध

काठमाडौं,३१ असार । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको समस्याका कारण इटहरीस्थित सवारी चालक अनुमति पत्र कार्यालयको सेवा प्रभावित

सदनको अन्योल अन्त्य गर्न सभामुखलाई सांसद भाटको आग्रह

काठमाडौं,३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको अभिव्यक्ति सम्बन्धी विवादमा सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने माग गर्नु भएको छ। बुधबार