ओखलढुंगाका दुई दाजुभाईद्वारा सगरमाथा र लोत्से आरोहण

सोलुखुम्बु,१७ जेठ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमाल मध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गर्नु भएको छ । जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गर्नु भएको छ । पारिवारिक स्रोत अनुसार जीवन तामाङले सन् २०२६ मे २५ तारिख बिहान २ः४० बजे समुद्री सतहबाट ८,८४८.८६ मिटर उचाइमा रहेको सगरमाथाको सफल आरोहण गर्नु भएको छ । त्यसैगरी शुभराज तामाङले सन् २०२६ मे २७ तारिख बिहान ७ बजे ८,५१६ मिटर अग्लो लोत्से हिमालको सफल आरोहण गर्न सफल हुनु भएको छ।

 

विश्वका सबैभन्दा चुनौतीपूर्ण हिमालमध्ये गणना हुने सगरमाथा र लोत्सेमा छोटो अन्तरालमा दुई स्थानीय युवाले सफलता हासिल गरेपछि खिजिदेम्बा गाउँपालिका तथा समग्र ओखलढुंगामा खुसीको वातावरण बनेको छ ।
दुवै हिमाल हिमालय क्षेत्रका प्रतिष्ठित आरोहण गन्तव्य मानिन्छन्, जहाँ प्रतिकूल मौसम, उच्च हिमाली जोखिम र अक्सिजनको कमीका बिच आरोहण गर्नुपर्ने हुन्छ ।

 

सगरमाथा विश्वको सर्वोच्च शिखर हो भने लोत्से विश्वको चौथो अग्लो हिमालका रूपमा परिचित छ । यी हिमालको सफल आरोहणलाई पर्वतारोहण क्षेत्रको महत्त्वपूर्ण उपलब्धि मानिन्छ । पर्वतारोहीले लामो तयारी, शारीरिक क्षमता, मानसिक दृढता र अनुकूल मौसमको सहायताले मात्र यस्ता आरोहण सम्पन्न गर्न सक्छन् । स्थानीयवासीहरूले जीवन र शुभराजको उपलब्धिलाई गाउँ तथा जिल्लाको गौरवसँग जोडेर हेरेका छन् । उनीहरूको सफलताले हिमाली पर्यटन, साहसिक खेलकुद र पर्वतारोहण क्षेत्रमा रुचि राख्ने युवा पुस्तालाई प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

जीवन तामाङको सगरमाथा र शुभराज तामाङको लोत्से आरोहणले ओखलढुंगाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा थप परिचित बनाउन सहयोग पुग्ने विश्वास स्थानीय स्तरमा व्यक्त गरिएको छ । उहाँहरूको यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभइ जिल्लाकै गौरवको विषय बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले

इटहरीको लाइसेन्स कार्यालयको सेवा अवरुद्ध

काठमाडौं,३१ असार । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको समस्याका कारण इटहरीस्थित सवारी चालक अनुमति पत्र कार्यालयको सेवा प्रभावित

सदनको अन्योल अन्त्य गर्न सभामुखलाई सांसद भाटको आग्रह

काठमाडौं,३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको अभिव्यक्ति सम्बन्धी विवादमा सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने माग गर्नु भएको छ। बुधबार