दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु

दमक,१७ जेठ । युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूलाई डिजिटल प्रविधि मार्फत सशक्त बनाउने उद्देश्यले दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु भएको छ। तालिमको उद्घाटन दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले गर्नु भएको हो्। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले डिजिटल सीपले युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

वल्र्डलिङकले आफ्नो सामाजिक उत्तरदायित्व (ऋक्च्) कार्यक्रम अन्तर्गत नेपालमै पहिलो पटक उक्त तालिम सञ्चालन गरेको हो। कार्यक्रममा बोल्दै कम्पनीकी सीएसआर प्रमुख अनुपा भण्डारी जलनले डिजिटल सीप र प्रविधिको प्रभावकारी प्रयोग मार्फत युवा तथा उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ।

तालिममा २५ जना युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यवसायिक उपयोग, अनलाइन प्रवद्र्धन तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

डिजिटल युगमा व्यवसाय विस्तार, बजार पहुँच वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास गरिएको वल्र्ड लिन्क कोशी प्रदेशका जन सम्पर्क प्रमुख राजन तिम्सिनाले बताउनु भयो । यस कार्यक्रमले स्थानीय उद्यमीहरूलाई प्रविधिमैत्री व्यवसाय सञ्चालन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस महाधिवेशनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्च तिर अगाडि बढ्दै

काठमाडौं,१८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्चमा जमघट हुन थालेका छन् । दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने

स्पेनमा बाढीको जोखिम,यात्रामा प्रतिबन्ध

म्याड्रिड।अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्। कातालोनियामा बाढीसम्बन्धी आपतकालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म

फुइयाको फुरफुर – ३६

उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली