विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताउनु भयो । आइतबार सांसद महाविर पुनले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपालीका लागि मतदानका दुई विकल्प कूटनीतिक नियोग (एम्बेसी) मार्फत मतदान वा मोबाइल प्रविधिबाट मतदान सम्बन्धमा छलफल भइरहेको जानकारी दिनु भयो ।
उहाँका अनुसार मोबाइलबाट मतदान गर्दा बाह्य प्रभाव (इन्फ्लुएन्स) पर्न सक्ने जोखिम रहेकाले त्यसतर्फ विशेष सावधानी आवश्यक देखिएको छ ।

‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्दा कसैको प्रभावमा नपरोस् भन्ने विषयले अल्झाएको जस्तो लाग्छ । स्वतन्त्र रूपमा मतदान गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्छ,’ प्रधानमन्त्री शाहले भन्नु भयो।
उहाँले आगामी निर्वाचनमा कुन मोडेल उपयुक्त हुन्छ भन्नेबारे अध्ययन गरिने र आवश्यक व्यवस्था गर्न सूचना प्रविधि मन्त्रीलाई निर्देशन समेत दिनु भएको छ् ।

उहाँले भन्नु भयोे, ‘हामीले एम्बेसीमा या प्रविधिमैत्री बनाएर भोट दिने भनेर छलफल गरिरहेका छौं । आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्यन गर्ने नै छ । आइटीका मन्त्रीज्युलाई यो सम्बन्धी तुरुन्त व्यवस्थापन गर्न निर्देशन समेत दिन चाहन्छु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले