सर्पदंशका बिरामी बचाउन गाउँ–गाउँमा एन्टिस्नेक भेनम पुर्याउन सांसदको माग

काठमाडौं,१७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गर्मी तथा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढिरहेको उल्लेख गर्दै समयमै उपचार नपाउँदा धेरै बिरामीको ज्यान जाने गरेको बताउनु भएको छ ।

 

‘विषालु सर्पले टोकेपछि पहिलो घण्टालाई सुनौलो घण्टा भनिन्छ, जसमा एक घण्टाभित्र उपचार गर्नसके बिरामीलाई बचाउन सकिन्छ,’ उहाँले भन्नु भयो, ‘तर अस्पताल समयमै पुर्याउन नसक्दा बाटोमै बिरामीको मृत्यु हुने अवस्था छ।’ उहाँले हरेक स्थानीय तहका अस्पतालहरूमा एन्टिस्नेक भेनम (विष प्रतिरोधी औषधि) पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारलाई आग्रह गर्नु भएको छ । सांसद खनालले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ग्रामीण क्षेत्रमा आपतकालीन उपचार सेवाको पहुँच सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

 

‘हरेक स्थानीय तहस्थित अस्पतालहरुमा एन्टिस्नेक भेनमको प्रयाप्त उपलव्धता सुनिश्चत गर्नको लागि सभामुख ज्यू मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले