दमकमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, दमक ८ कि २१ वर्षीया तिवारी रहेको प्रहरीको पुष्टि

दमक, १७ जेठ | झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक दमक नगरपालिका वडा नम्बर ८, बसन्तटोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो।

 

मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर आज सनाखत गरेपछि पहिचान खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रमा तिवारी गत जेठ १३ गते राति करिब साढे ९ बजे घरबाट आफैँ निस्किएकी थिइन्। त्यसपछि उनी घर नफर्किएको बुझिएको छ।

यसअघि शनिबार बिहान दमक नगरपालिका वडा नम्बर १० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको थियो। स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको