प्रधानमन्त्रीले सदनमा माफी माग्न माग्नु पर्छ : आरेन राई

काठमाडौं ,१८ जेठ। श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको संसदमा व्यक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन र सदनमा माफी माग्न माग गर्नु भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले आफ्नो प्रश्नको जवाफमा तथ्यहीन र मिथ्या अभिव्यक्ति दिएको आरोप लगाउनु भएको छ ।
उहाँले भन्न्ुा भयो, ‘हाम्रा प्रधानमन्त्रीले यति कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्छ भन्ने थाहा भएको भए मैले हिजो त्यो प्रश्न नै सोध्ने थिइनँ । आज मलाई आफैंलाई लज्जास्पद महसुस भइरहेको छ । त्यसकारण प्रधानमन्त्रीको अभिव्यक्ति केवल रेकर्डबाट हटाउने कुरा मात्र होइन, यसले इतिहासमा एउटा गलत नजिर स्थापित गरेको छ ।’

राईले प्रधानमन्त्रीको अभिव्यक्तिले भविष्यमा नेपालको सीमा र भूभागसम्बन्धी दाबीमा समेत असर पार्न सक्ने तर्क गर्नुभयो।
उहाँले भन्नु भयो, ‘भोलि कुनै देशले ‘तिम्रै प्रधानमन्त्रीले नेपालले भूमि मिचेको भनेका छन्, अब हाम्रो भूमि फिर्ता देऊ’ भन्यो भने कुन भूमि दिने, सभामुख महोदय ?’

प्रधानमन्त्रीले राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै राईले सदनमार्फत रुलिङ गर्न पनि माग गर्नु भएको छ।
उहाँले भन्नु भयो, ‘जसरी प्रधानमन्त्रीले राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिनुभएको छ, उहाँ यही सदनमा आएर माफी माग्नुपर्छ र आफ्नो शब्द फिर्ता लिनुपर्छ । हामी कसैको भूमि मिच्दैनौं र कसैलाई आफ्नो भूमि मिच्न पनि दिँदैनौं। यो कुनै पार्टी विशेषको विषय होइन, सम्माननीय सभामुखमार्फत रुलिङ गरियोस् र प्रधानमन्त्रीले आफ्नो शब्द फिर्ता लिएर यस्तो नजिर हटाउनुपर्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय