हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन :एमाले सांसद

काठमाडौं,१८ जेठ । नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताउनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भएको भन्दै उहाँले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको बताउनु भएको हो ।
‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन्, उहाँले भन्नु भयो ।

प्रधानमन्त्रीले संसद्बाट ‘छिमेकी मुलुकको भूमि मिचिएको’ भन्ने अभिव्यक्ति हचुवाका भरमा दिएको आरोप लगाउनु भएको छ । उहाँले उक्त अभिव्यक्ति संसद् हटाउन र प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नु भयो, ‘तर प्रधानमन्त्रीले हचुवाको भरमा सदनबाट भरको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो यो गैरजिम्मेवारी, राष्ट्रघाती अभिव्यक्ति सरह सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्दै सदनको ध्यानाकर्षण गराउन चाहन्छु । ’
उहाँले नेपालले कसैको भूमि नमिचेको दाबी गर्दै नेपालको एक इन्च भूमि पनि कसैलाई नदिनेपनि स्पष्ट पार्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Jak odzyskać hasło do logowania w Vox Casino?

Jak odzyskać hasło do logowania w Vox Casino? W artykule omówimy krok po kroku, jak odzyskać hasło do logowania w Vox Casino. Jeśli kiedykolwiek zapomniałeś

फुइयाको फुरफुर – ३६

उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली

भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।   जसमध्ये रसुवामा

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

सम्बन्धित समाचारहरू