नेपालको पर्यटन क्षेत्रलाई ‘फेक रेस्क्यु’ न्यूजले असर पार्यो :मिङमा ग्याबु शेर्पा

काठमाडौं,१९ जेठ । प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पाले जलवायु परिवर्तनको प्रभाव सगरमाथा क्षेत्रमा मात्र सीमित नरहेको भन्दै यसले विश्वव्यापी रूपमा असर पारिरहेको बताउनु भएको छ ।

मंगलबार प्रतिनिधि कानुन समिति हलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शेर्पाले पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभइ दुबई जस्तो ठाउँमा समेत डुबान भएको कुरा उल्लेख गर्दै पर्वतारोहण र हिमाली पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरूलाई यसको प्रत्यक्ष प्रभाव पार्ने समेत बताउनु भयो ।

उहाँले भन्न्ुाभयो, ‘सगरमाथाबाट दक्ष जनशक्तिको उत्पादन क्लाइमेन्ड चेन्जले असर सगरमाथालाई मात्र पारेको होइन । पछिल्लो केही वर्षमा काठमाडौँलगायत दुबई जस्तो ठाउँमा समेत डुबान भएको छ । पर्वतहरूलाई डाइरेक्टर असर पार्ने क्लाइमेड चेन्जले हो ।’

उहाँले नेपालमा रहेका सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला हिमालहरू विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताउँदै तिनको संरक्षण र सुरक्षित व्यवस्थापन आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘संसारभर सगरमाथा लगायत ८ हजार भन्दा माथिका हिमालहरू छन् । नेपाल घुम्न आउनेहरुलाई फेक रेस्क्यू भयो भन्ने न्यूज संसारभर आयो । अहिलेको आवश्यकता रेस्क्यूका सम्बन्धमा व्यवस्थापन र नियम बनाएर अगाडी बढ्नुपर्ने आवश्यकता देखेको छु ।’

सांसद शेर्पाले केही समयअघि चर्चामा आएको ‘फेक रेस्क्यु’ न्यूजले नेपालको पर्यटन क्षेत्रको असर पारेको उल्लेख गर्दै उद्धार (रेस्क्यु) व्यवस्थापनलाई व्यवस्थित बनाउन स्पष्ट नियम बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनका लागि देशलाई सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनु भयो।

‘नेपाल राम्रो छ भन्ने संसारदलाई थाहा छ तर नेपाल सुरक्षित छ भन्ने महसुस गराइयो भने आगामी दिनमा हाम्रो पर्यटन प्रवद्र्धन गर्न नेपाल घुम्न आउने पर्यटनका लागि सुरक्षित महसुस गराएर हाम्रो पर्यटकलाई धेरै अगाडी लैजान सकिन्छ,’ उहाँले भन्नु भयो ।

कार्यक्रममा उहाँले सगरमाथा आरोहणका क्रममा नेपालको राष्ट्रिय झण्डा र संघीय संसदको झण्डा लैजाने आफ्नो इच्छामा सहयोग पु¥याएकोमा धन्यवाद समेत व्यक्त गनुै भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय