‘नेपालले भारतको जग्गा मिचेको’ अभिव्यक्ति सच्याउन प्रधानमन्त्रीलाई दबाब

काठमाडौं,१९ जेठ । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गम्भीर असन्तुष्टि जनाउँदै तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्नु भएको छ।
उहाँका अनुसार प्रधानमन्त्रीले नेपालले पनि भारततर्फ भूमि मिचिएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति कांग्रेसले कडा आपत्ति जनाएको छ। उहाँले यस्तो संवेदनशील विषयमा सरकारले जिम्मेवार ढंगले स्पष्टता दिनुपर्ने बताउनु भयो।

 

उहाँले भन्नु भयोे,‘प्रधानमन्त्रीले संसदमा आएर नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको छ। यसमा हाम्रो कडा आपत्ति छ । उहाँले सार्वजनिक रूपमा माफी माग्नुपर्छ, माफी नमागेसम्म हामी संसद चल्न दिँदैनौं।’
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उक्त दाबीको प्रमाण सार्वजनिक गर्न वा माफी माग्नुपर्ने माग गर्नु भएको छ्।
उहाँले नेपालले भारतको जग्गा मिचेको भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट प्रमाणसहित पुष्टि गर्नुपर्ने बताउनु भएको छ। उहाँले यस्तो संवेदनशील विषयमा सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै आवेगमा दिएको अभिव्यक्ति भए सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राख्नु भएको छ।

उहाँले भन्नु भयो,‘नेपालले भारतको जग्गा कहाँ मिचेको रहेछ ?त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गर्नुपर्छ । सरकारलाई गल्ति गर्ने कुनै छुट हुँदैन् । त्यसैले उ सरकार हो । उहाँले यदी आवेगमा आएर त्यो कुरा राखेको हो भने तीन करोड जनताको अगाडि माफि माग्नुपर्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो