प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक र राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीरः खुस्बु ओली

काठमाडौं,१९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरुलाई लक्षित गर्दै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको आरोप लगाउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले हिजोसम्म नेपाल एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको बताउनु भयो।

उहाँले भन्नु भयो,‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ ।’
उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति केवल व्यक्तिगत भनाइ नभई राज्यको सर्वोच्च पदबाट आएको भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउनु भयो।

‘प्रधानमन्त्री व्यक्ति होइन, संस्था हो । राज्यको सर्वोच्च संस्थाबाट आएको फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढाउँछ,’ उहाँले भन्नु भयो ।उहाँले यस्तो विषयलाई सामान्यीकरण गरेर टार्न नहुने बताउँदै नेताहरूको अभिव्यक्ति बचाउन राष्ट्रकै दाबी कमजोर पार्ने गतिविधि नगर्न आग्रह गर्नु भयो। उहाँले भन्नु भयो,‘देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन्, तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन ।’

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर राखेको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नु भएको छ।
उहाँले भन्नु भयो,‘प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर राखेको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा पनि सार्वजनिक गर्न माग गर्छु ।’
संसदको रेकर्डबाट उक्त भनाई हटाएर प्रधानमन्त्री आएर फेरी सम्बोधन गर्नु पर्ने उहाँले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीको ’नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति माथि भारतले दियो जवाफ

काठमाडौँ,१९ जेठ। नेपाल र भारतबीचको सीमा विवादले फेरि एकपटक नयाँ कूटनीतिक मोड लिएको छ। प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवाद र तेस्रो पक्षको भूमिकाबारे संसदमा

दमकका मेयर थापाको जलेको घर बनाउन १३ लाखको चन्दा संकलन , ककसले दिए कति कति रकम?

दमक,१९ जेठ । दमक नगरपालिकाका मेयर रामकुमार थापाको आगलागीमा नष्ट भएको घर पुनर्निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट १३ लाख २६ हजार ६ सय ८०

प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक र राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीरः खुस्बु ओली

काठमाडौं,१९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरुलाई लक्षित गर्दै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर

‘नेपालले भारतको जग्गा मिचेको’ अभिव्यक्ति सच्याउन प्रधानमन्त्रीलाई दबाब

काठमाडौं,१९ जेठ । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं,१९ जेठ । प्रतिनिधिसभा बैठकमा आज(मंगलबार)पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सीमा विवादबारे दिएको अभिव्यक्तिको

मृत्कको ’ब्वायफ्रेण्ड’ प्रहरी नियन्त्रणमा, अनुसन्धान अन्तिम चरणमा

दमक,१९ जेठ।झापाको दमकमा घटेको एउटा निकै दुःखद र रहस्यमयी घटनाले यतिबेला सम्पूर्ण स्थानीयबासीलाई स्तब्ध बनाएको छ। दमक नगरपालिका वडा नं. ८, बसन्त टोलकी २१ वर्षीया