प्रधानमन्त्रीको ’नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति माथि भारतले दियो जवाफ

काठमाडौँ,१९ जेठ। नेपाल र भारतबीचको सीमा विवादले फेरि एकपटक नयाँ कूटनीतिक मोड लिएको छ। प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवाद र तेस्रो पक्षको भूमिकाबारे संसदमा दिएको अभिव्यक्तिप्रति भारतले आफ्नो औपचारिक प्रतिक्रिया जनाएको छ।

नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको आपसी मामिलामा ‘कुनै पनि तेस्रो पक्षको भूमिका नरहने’ स्पष्ट पार्नुभएको छ। भारतीय प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले ’नोटिस’मा लिएको बताउँदै भन्नुभयो– “भारत र नेपाल सीमाको करिब अन्ठनवे प्रतिशत क्षेत्रको सीमांकन भइसकेको छ। दशगजा अतिक्रमण र गण्डक नदीले बहाव परिवर्तन गर्दा सिर्जना भएका केही मुद्दा मात्र बाँकी छन्, जसलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै सम्बोधन गरिनेछ।“

यो विवादको सुरुवात गत आइतबारको प्रतिनिधि सभा बैठकबाट भएको हो। निर्वाचनपछि पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सोधिएको प्रश्नमा एक अचम्मको दाबी गर्नुभएको थियो।

 

प्रधानमन्त्री शाहले संसद्मा भन्नुभएको थियो– “तपाईँहरूलाई अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।“ साथै, यो समस्या ब्रिटिस इन्डियाकालीन भएकाले नेपाल सरकारले भारतलाई ’डिप्लोम्याटिक नोट’ पठाइसकेको र यस विषयमा इङ्गल्याण्ड (ब्रिटिस) सरकारसँग पनि कुराकानी भइरहेको प्रधानमन्त्रीले खुलासा गर्नुभएको थियो।

 

प्रधानमन्त्रीको यही ’तेस्रो पक्ष’ अर्थात् इङ्गल्याण्डलाई जोड्ने अभिव्यक्ति र नेपालले पनि जग्गा मिचेको भन्ने दाबी सार्वजनिक भएलगत्तै भारतले सीमा मामिला दुई देशबीच मात्रै समाधान हुने भन्दै कूटनीतिक जवाफ फर्काएको हो। यो कूटनीतिक टकरावले आगामी दिनमा नेपाल–भारत सम्बन्ध र सीमा वार्तालाई कस्तो दिशा दिने हो, त्यो भने हेर्न बाँकी नै छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु