समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

काठमाडौं,२० जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको उपलब्ध नामावली सार्वजनिक गरेको छ । समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार सहकारी संस्थाका सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको हो ।

कार्यालयले सार्वजनिक गरेको सूचनामा विवरणमा कुनै फरक परे वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित पक्षलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भए कार्यालयलाई सूचना दिन पनि अनुरोध गरिएको छ ।

 

समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई दायित्व फछ्र्योट, ऋण असुली तथा सम्पत्तिको पहिचान र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।

 

सार्वजनिक गरिएको विवरणमा विभिन्न समस्याग्रस्त सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूको नाम, ठेगाना र पारिवारिक विवरण समावेश गरिएको छ । दस्तावेजमा हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो संसारमा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लगायतका संस्थाका पदाधिकारीहरूको नामावली उल्लेख गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउन सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु