नेपालमा सेवा सुरु गर्न सरकारी अनुमतिको पर्खाइमा स्टारलिंक

काठमाडौं,२० जेठ । अन्तर्राष्ट्रिय स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमति कुरिरहेको जनाएको छ । कम्पनीकी निर्देशक रेबिका हन्टरले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना सँग भेटवार्ता गर्दै नेपालमा सेवा विस्तार गर्न कम्पनी इच्छुक रहेको तर नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त हुन नसकेको बताउनु भएको छ।

 

मन्त्रालयमा भएको भेटका क्रममा हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक लाइसेन्स प्राप्त गर्न कम्पनीले पहल गरिरहेको जानकारी दिइनु भयो। उहाँले लाइसेन्स संरचनामा शतप्रतिशत स्टारलिंककै स्वामित्व कायम हुनुपर्ने कम्पनीको धारणा रहेको बताउँदै व्यावसायिक सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको जानकारी गराउनु भयो।

 

जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति र कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरे सेवा सञ्चालनमा कुनै अवरोध नहुने बताउनु भएको थियो । उहाँले नेपालमा लगानी गर्न इच्छुक विदेशी कम्पनीहरूले प्रचलित कानुनअनुसार अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो। स्टारलिंकले नेपालमा अनुमति प्राप्त गर्न प्रयास गरिरहँदा हिमाली तथा दुर्गम क्षेत्रमा भने गुणस्तरीय इन्टरनेट सेवाको आवश्यकता झन् बढ्दो छ । विशेषगरी सगरमाथा आधार शिविरलगायत उच्च हिमाली क्षेत्रमा इन्टरनेट सेवा महँगो र सीमित रहेको गुनासो पर्यटन व्यवसायी तथा पर्यटकहरूले गर्दै आएका छन् ।

 

हाल सगरमाथा क्षेत्रसम्म एभरेस्ट लिङ्क र एयर लिङ्कजस्ता नेपाली सेवा प्रदायकहरूले सेवा दिइरहेका छन् । यद्यपि आधार शिविरभन्दा माथिल्ला क्षेत्रमा विभिन्न विदेशी स्याटेलाइट इन्टरनेट उपकरण अनधिकृत रूपमा प्रयोग भइरहेको बताइन्छ । नेपाल दूरसञ्चार प्राधिकरणले समेत यस्ता सेवाहरू कानुनविपरीत रहेको भन्दै प्रयोग नगर्न यसअघि सूचना जारी गरिसकेको छ ।

 

नेपालमा स्टारलिंकको प्रवेशले दुर्गम तथा उच्च हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । तर त्यसका लागि कम्पनीले सरकारी अनुमति र नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ । हालसम्म भने कम्पनी अनुमति प्राप्तिको प्रतीक्षामै रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले