नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मोदीको प्रतिबद्धता

काठमाडौं,२० जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

मोदीले आफ्नो स्टाटसमा लामिछानेसँग भेट गर्न पाएकोमा खुशी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको चाहनालाई आफूले स्वागत गरेको उल्लेख गर्नु भएको छ । उहाँले नेपाललाई भारतको छिमेकी पहिलो नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा रहेको बताउनु भएको छ । प्रधानमन्त्री मोदीले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरेर दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने अपेक्षा व्यक्त गर्नु भएको छ ।

 

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न चरणमा भेटवार्ता गरिरहेको छ । मोदीसँगको भेटलाई नेपाल–भारत सम्बन्ध तथा दुई देशबीचको राजनीतिक संवादलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ । मोदीले सार्वजनिक गरेको सन्देशले नेपाललाई भारतको विदेश नीतिमा उच्च प्राथमिकतामा राखिएको संकेत गरेको विश्लेषण गरिएको छ । साथै, उहाँले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा सहकार्य विस्तार हुने विश्वास व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु