नेबरहुड फर्स्ट’ नीतिमा नेपाल प्राथमिक साझेदार” भारतीय प्रधानमन्त्री मोदी

दमक, २० जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गतको प्राथमिक साझेदार राष्ट्र भएको बताउनु भएको छ। उहाले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउन भारत प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।

भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मोदीले नेपाललाई भारतको विदेश नीतिमा विशेष महत्व दिइएको उल्लेख  गर्नुभयो ।

उहाले नयाँ सरकारसँग सहकार्य गरेर दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने इच्छा रहेको समेत स्पस्ट पार्नुभएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकी राष्ट्रबीचको सम्बन्ध मात्र नभई बहुआयामिक र विशेष प्रकृतिको रहेको भन्दै  भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो “साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने  छौ । नेपालको चाहनालाई आफूले स्वागत गर्ने र त्यसमा पूर्ण सहमति रहेको पनि छु ।

मोदीको यो अभिव्यक्तिलाई नेपालप्रति भारतले आफ्नो ‘नेबरहुड फर्स्ट’ नीतिलाई निरन्तरता दिएको सन्देशका रूपमा हेरिएको छ। साथै, नेपालमा नयाँ राजनीतिक समीकरण बनेपछि भारतले सम्बन्धलाई अझ सुदृढ बनाउन चाहेको संकेतका रूपमा पनि विश्लेषण गरिएको छ।

भारत भ्रमणमा रहेका लामिछाने र मोदीबीचको भेटलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धका दृष्टिले अर्थपूर्ण मानिएको छ। भेटपछि सार्वजनिक भएको मोदीको सन्देशले नेपाललाई भारतको प्राथमिकतामा राखिएको विषयलाई पुनः स्पष्ट पारेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न