महिना दिनबाट बेपत्ता असई र युवती एउटै रुखको हागााँमा झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक,२० जेठ। करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पर्साको बहुदरमाई–८ रामनगरीका सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई० शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा मौवाको रुखमा छुट्टाछुट्टै पासो लगाएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार शव अत्यधिक सडिसकेको अवस्थामा फेला परेकाले घटना केही दिनअघि नै भएको अनुमान गरिएको छ। वन क्षेत्रमा अनुगमनका क्रममा वन समितिका प्रतिनिधिले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

प्रारम्भिक अनुसन्धानमा शर्मिला वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रेपलाञ्चोक गएको र त्यसपछि दुवै सम्पर्कविहीन भएको खुलेको छ। उनीहरू हराएपछि दुवै परिवारले सम्बन्धित निकायमा खोजतलासका लागि निवेदन दिएका थिए।

प्रहरीले घटनास्थलबाट प्राप्त कपडा तथा अन्य कागजातका आधारमा मृतकहरूको पहिचान पुष्टि गरेको जनाएको छ। दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय महिलामाथि हुने हिंसा, रहस्यमय मृत्यु र बेपत्ता हुने घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्। यस्ता घटनाले राज्यको सुरक्षा संयन्त्र, समाजको संवेदनशीलता र नागरिकको सुरक्षाप्रतिको विश्वासमाथि गम्भीर प्रश्न खडा गरिरहेको छ। सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो भन्ने आवाज झन् बलियो बन्दै गएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले