सरकारी नीतिमा ऊर्जा क्षेत्रका एजेन्डा समावेश हुन सफल भए अध्यक्ष कार्की

काठमाडौं ,२१ जेठ । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका विभिन्न एजेन्डा सरकार र प्रमुख राजनीतिक दलहरूले स्वीकार गर्न थालेको बताउनु भएको छ ।

 

बुधबार उर्जा क्षेत्रको विकासको लागि अबको इप्पान कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले संस्थाले उठाउँदै आएका विषयहरू अहिले प्रमुख राजनीतिक दलहरूको घोषणापत्र, सरकारी नीति तथा कार्यक्रम तथा बजेटमा समावेश हुन सफल भएको दाबी गर्नु भयो ।

उहाँले इप्पानको महत्व पछिल्लो समय बढ्दै गएको उल्लेख गर्दै संस्थाले ऊर्जा क्षेत्रका मुद्दाहरू प्रभावकारी रूपमा उठाएको बताउनु भयो । ‘हामीले केही गर्यौं र केही गर्न सकेनौं भन्ने बहस हुनसक्छ । तर यदि हामीले यी विषयहरू उठाएका नभएको भए ऊर्जा क्षेत्रका एजेन्डा प्रमुख राजनीतिक दलहरूको घोषणापत्रमा समावेश हुने थिएनन्,’ उहाँले भन्नु भयो ।

 

कार्कीले सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रममै ऊर्जा क्षेत्रका महत्वपूर्ण विषयहरू समेटिएको उल्लेख गरे । उनका अनुसार आगामी १० वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने स्पष्ट दृष्टिकोणसहित ऊर्जा क्षेत्रका एजेन्डाहरू समावेश गरिएका छन् ।

उहाँले सरकारको १०० बुँदे कार्यक्रममा आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्पष्ट रूपमा उल्लेख गरिएको बताउनु भयो।

साथै, ऊर्जा क्षेत्रका विभिन्न सुझावहरू बजेटमा पनि समेटिएको भन्दै सबै विषय एकैपटक बजेटमा समावेश हुन नसक्ने धारणा राख्नु भयो ।

उहाँले भन्नु भयो, ‘वास्तवमा इप्पानको महत्व बढ्दैछ भन्ने मलाई लागेको छ । हामीले केही गर्यौं भन्ने र गरेनौं भन्ने कुराहरु पनि आए होलान् । वास्तवमा अब यो देशलाई १० वर्षमा कहाँ पुर्याउने भन्ने कुरा राख्नलाई सफल भएका छौं । हाम्रा एजेण्डाहरु सुनिदिनु भएको छ, त्यति मात्र नभएर बजेटमा पनि थुप्रै कुराहरु आएका छन् । सबै कुरा बजेटमा नपर्न सक्छन् । बजेट भनेको एक वर्षका लागि हो । १०० बुँदेमा स्पस्ट रुपमा आएको छ । १० वर्षमा ३० हजार मेगावाट विजुली उत्पादन गरिने छ भनेर भनेको छ । कतिपय कुराहरु कानुनमा आउनुपर्छ । हिजोका दिनहरुमा बजेटमा आए तर लागु भएनन् ।’

अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रको दिगो विकासका लागि आवश्यक कतिपय विषय कानुनी व्यवस्थामार्फत कार्यान्वयनमा जानुपर्ने आवश्यकता औंल्याउनु भयो । विगतमा बजेटमा समावेश भएका कतिपय कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उहाँले अब कानुनी आधार सुदृढ गर्नुपर्ने बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय