नेपालमै पहिलोपटक अत्याधुनिक कार–टी सेल थेरापी सुरु, ब्लड क्यान्सरको रैथाने उपचार

नेपाली चिकित्सा क्षेत्रले क्यान्सर उपचारमा एउटा ऐतिहासिक र क्रान्तिकारी फड्को मारेको छ। जटिल प्रकारका ब्लड क्यान्सरका बिरामीहरूका लागि विश्वकै सबैभन्दा अत्याधुनिक र प्रभावकारी मानिने ‘कार–टी सेल’ थेरापी अब नेपालमै सुरु हुने भएको छ। भक्तपुरको नाला रोडस्थित काठमाडौं क्यान्सर सेन्टरले यो रैथाने सेवा उपलब्ध गराउन लागेको हो।

यो प्रविधिको सुरुवातसँगै अब नेपाली क्यान्सर बिरामीहरूले उपचारका लागि लाखौँ रुपैयाँ खर्चेर भारत, चीन, अमेरिका वा सिङ्गापुर जस्ता देशहरूमा भौँतारिनु पर्ने बाध्यताको अन्त्य भएको छ।

के हो ुकार–टी सेलु थेरापीरु कसरी गर्छ काम
काठमाडौं क्यान्सर सेन्टरका एमडी क्लिनिकल ओन्कोलोजिस्ट डा। सिमित सापकोटाका अनुसार, यो परम्परागत किमोथेरापी वा रेडियोथेरापी जस्तो सामान्य उपचार होइन। यो बिरामीकै शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई अत्याधुनिक ‘जेनेटिक इन्जिनियरिङ’ मार्फत शक्तिशाली बनाएर क्यान्सरविरुद्ध लडाउने विशेष प्रविधि हो।

यस विधिमा सर्वप्रथम बिरामीको रगतबाट टी–सेल प्रतिरक्षा कोष निकालिन्छ।

ती कोषहरूलाई प्रयोगशालामा विशेष रूपमा परिमार्जन गरिन्छ, जसले क्यान्सरका कोषहरूलाई अचुक रूपमा पहिचान गरी नष्ट गर्न सकून्।

यसरी तयार पारिएका शक्तिशाली कोषहरूलाई करिब ३ हप्ताको प्रक्रियापछि पुनः बिरामीकै शरीरमा पठाइन्छ, जसले क्यान्सर कोषलाई जरैदेखि समाप्त पार्न मद्दत गर्छन्।

ब्लड क्यान्सरमा ६० देखि ७० प्रतिशतसम्म सफलता१
यो थेरापी विशेषगरी बी–सेल लिम्फोमा र एक्युट बी–सेल ल्युकेमिया (ब्लड क्यान्सर) का बिरामीहरूका लागि बरदान साबित भएको छ। किमोथेरापी गर्दा पनि निको नभएका वा उपचारपछि पुनः क्यान्सर फर्किएका (रिल्याप्स) बिरामीहरूमा अन्तर्राष्ट्रिय अध्ययनहरूले यसको सफलता दर ६० देखि ७० प्रतिशतसम्म देखाएका छन्, अर्थात् कतिपय अवस्थामा क्यान्सर पूर्ण रूपमा हराउने सम्भावना रहन्छ।

यो सेवा नेपालमा भएका कारण विदेशको तुलनामा आधाभन्दा पनी कम खर्चमा उपचार हुनेछ
यो प्रविधि विश्वका सीमित (२० देखि २५ वटा) देशहरूमा मात्र उपलब्ध छ। दक्षिण एसियामा भारतबाहेक यो सेवा दिने नेपाल दोस्रो मुलुक बनेको छ। विदेशमा यो उपचार निकै महँगो छ, तर नेपालमै सेवा सुरु हुँदा बिरामीले ठूलो आर्थिक राहत पाउनेछन्स्

अमेरिका र सिङ्गापुरमा करिब ५ करोड रुपैयाँ लाग्छ भने भारतमा ८० देखि ९० लाख रुपैयाँ सम्म लाग्ने गरेको छ ,त्यसो भए नेपालमा चाहिँ खर्च कति लाग्ला त?

नेपालको अनुमानित खर्च ६० देखि ६५ लाख रुपैयाँ सम्म गरिएको छ (प्रारम्भिक चरणका केही बिरामीहरूलाई विशेष सहुलियत सहित ४० देखि ४५ लाख रुपैयाँसम्ममा उपलब्ध गराउने तयारी छ।

नयाँ प्रविधि भए तापनि काठमाडौं क्यान्सर सेन्टरले यसको संवेदनशीलतालाई ध्यानमा राख्दै जर्मनी र मुम्बई (भारत) का वरिष्ठ विशेषज्ञ टोलीहरूसँग प्राविधिक सहकार्य गरेको छ। उपचारपछि देखिन सक्ने साइड इफेक्ट वा संक्रमणको जोखिम न्यूनीकरणका लागि अस्पतालमा विशेष आइसोलेसन वार्ड र अत्याधुनिक प्रणालीको व्यवस्था गरिएको छ। बिरामीलाई ३ हप्ताको प्रक्रिया र त्यसपछि १० देखि १४ दिनसम्म पूर्ण निगरानीमा राखेर उपचार गरिनेछ।

नेपालमा पछिल्लो समय ४० वर्षभन्दा कम उमेरका युवाहरूमा क्यान्सरको भार तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा यो प्रविधि भित्रिनु आशाको ठूलो दियो हो।

ूहामीले सधैँ विदेशको मुख ताक्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ भन्ने सोचका साथ यो सेवा सुरु गरेका हौँ, डा। सिमित सापकोटा भन्नु हुन्छ, अब नेपाली बिरामीले आफ्नै देशमा, आफ्नै आफन्तको साथमा रहेर अन्तर्राष्ट्रिय स्तरको उपचार पाउने वातावरण बनेको छ।

नेपाली चिकित्सा इतिहासको यो गौरवमय कदमले अब नेपाली क्यान्सर बिरामी र उनीहरूका परिवारलाई नयाँ जीवन र नयाँ आशा प्रदान गर्ने निश्चित छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु