साहित्यमा सहानुभूति, सिर्जनशीलता र मानवीय मूल्यसँग जोड्ने शक्ति हुन्छ : मन्त्री तिमिल्सिना

काठमाडौं,२१ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले साहित्य मानवताको सबैभन्दा पुरानो र प्रभावकारी सञ्चार प्रविधि भएको बताउनु भयो।

उहाँले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानुभूति, सिर्जनशीलता र मानवीय मूल्यसँग जोड्ने शक्ति साहित्यमा निहित रहेको उल्लेख गर्नु भयो ।

बिहीबार काठमाडौंमा आयोजित हिमालय साहित्य महोत्सव २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमल्सिनाले साहित्यले मानिसलाई कठिन सत्यको सामना गर्न, सौन्दर्यको कदर गर्न तथा वर्तमानका सीमाभन्दा परका सम्भावनाको कल्पना गर्न प्रेरित गर्ने बताउनु भयो।

उहाँले नयाँ विश्व व्यवस्थाको चर्चा गर्दा सामान्यतया राजनीति, अर्थतन्त्र, प्रविधि र शक्ति केन्द्रहरूको परिवर्तनलाई सम्झिने गरिए पनि त्यसको केन्द्रमा अर्थ, मर्यादा, शान्ति, अपनत्व र आशा खोजिरहेका करोडौं मानिसहरू रहेको उल्लेख गर्नुभयो।

कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधिले मानव जीवनशैली परिवर्तन गरिरहेको भएपनि विश्व द्वन्द्व, विस्थापन, जलवायु संकट र सामाजिक विघटनजस्ता चुनौतीले घेरिएको उहाँको भनाइ थियो।

मन्त्री तिमल्सिनाले साहित्यले मानिसलाई सुन्न, बुझ्न र सहानुभूति विकास गर्न सिकाउने उल्लेख गर्दै लेखक, कवि र अनुवादकहरूले केवल पाठ सिर्जना नगरी सामूहिक मानवताको संरक्षणमा योगदान पु¥याउने बताउनु भयो ।

कार्यक्रममा उहाँले आफूले करिब एक दशकसम्म नेपाली साहित्य र संगीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै साहित्य र संगीतले राजनीति, भूगोल तथा सामाजिक विभाजनभन्दा माथि उठेर मानिसलाई जोड्ने शक्ति राख्ने बताउनु भयो। महोत्सवका संस्थापक तथा क्युरेटर युयुत्सु शर्मा सँगको सहकार्यले साहित्यको गहिरो प्रभाव बुझ्ने अवसर दिएको उहाँले उल्लेख गर्नु भयो।

नेपालको विविधता र सांस्कृतिक सम्पदाबारे चर्चा गर्दै मन्त्री तिमल्सिनाले देशमा बोलिने १२० भन्दा बढी भाषाले आ–आफ्नो विश्वदृष्टिकोण बोकेको बताउनु भयो। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको विकास हुनुअघि नै कथा, लोकगीत र मौखिक परम्पराले नेपाली समाजलाई जोड्ने काम गरेको उहाँको भनाइ थियो।

आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै उहाँले सन् २००६ मा नेपाली गजल सङ्ग्रह प्रकाशित गरेको स्मरण गरे। कविता र साहित्यले तथ्याङ्क, नीति तथा औपचारिक भाषणले व्यक्त गर्न नसक्ने गहिरा मानवीय अनुभूतिहरू उजागर गर्न सक्ने उहाँले बताउनु भयो। उहाँले भानुभक्त आचार्य र लक्ष्मीप्रसाद देवकोटा लगायतका स्रष्टाहरूको योगदानले नेपाली साहित्यलाई समृद्ध बनाएको उल्लेख गर्नुभयो ।

मन्त्री तिमल्सिनाले वर्तमान पुस्ताका लेखक, कवि, पत्रकार र अनुवादकहरूले सांस्कृतिक विरासतलाई जोगाउँदै समकालीन चुनौतीसँग संवाद गरिरहेको बताउनु भयो।

यस्ता साहित्यिक महोत्सवहरूले विभिन्न देश र संस्कृतिका सिर्जनशील व्यक्तित्वबीच विचार आदान–प्रदान र पारस्परिक समझदारी बढाउने उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा