देशद्रोही प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ : प्रमुख सचेतक महर

काठमाडौं,२१ जेठ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार भएको आरोप लगाउनु भएको छ ।

बिहीबार संसदीय मामिलाका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले विश्वका कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नै देशले अर्को देशको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिने बताउनु भएको हो ।

उहाँले उक्त भनाइ देश र जनताप्रतिको गद्दारीसरह रहेको दाबी गर्दै प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेका ती शब्दहरू संसदीय रेकर्डबाट हटाइनुपर्ने एमालेको माग रहेको बताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ भनेर राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही छ । एक प्रकारले यो देश र जनताप्रतिको गद्दारी थियो । हाम्रो निष्कर्ष पनि त्यही थियो । यो गम्भीर कुरा थियो । अहिलेसम्म हाम्रो देशको मात्र होइन विश्वका कुनैपनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको भुमि मिचेको छ भन्दैन । त्यसैले यो राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार विचार सदनमा राख्नुभयो । त्यसैले उहाँको त्यो शब्दहरु संसदीय रेकर्डबाट हटाउनुपर्छ भन्ने माग हो ।’

महरले सदनको गरिमा कायम गर्ने जिम्मेवारी प्रधानमन्त्री र सभामुखको भएको उल्लेख गर्दै त्यसमा असफल भए संसद्को कार्यप्रणाली र औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताउनु भएको हो ।

उहाँले विवादित अभिव्यक्तिबारे स्पष्ट निर्णय गरेर मात्र संसद्को कार्यसूची अगाडि बढाउनुपर्ने भन्दै यही विषयमा एमालेले सदनमा विरोध जनाएको बताउनु भयो ।

उहाँले भन्नु भयो,‘सदनको गरिमा प्रधानमन्त्री र सभामुखले राख्न सक्नुहुन्न भने त्यो सदनको काम कारवाही निरन्तर अगाडि बढाइरहने कुराले सदनको आयुमाथिपनि प्रश्न उठ्छ । यो सदन यही ढंगले जाने कि नजाने भन्ने कुरा उठ्छ । त्यसैले यो छिनोफानो गरेर अगाडि जानुपर्छ भनेर विरोध गरेका हौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय