प्रहरीको कुटपिटबाट सर्लाहीमा एक व्यक्ति गम्भीर घाइते

सर्लाही,२१ जेठ। सर्लाहीको हरकठवा स्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्ति माथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरक ठवाका फेकु दास गम्भीर घाइते हुनु भएको छ। दासका अनुसार उहाँ बुधबार दिउँसो श्रीमती सहित इलाका प्रहरी कार्यालय हरकठवा पुग्नु भएको थियो। उहाँका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिनु भएको थियो।

 

सोही निवेदनका विषयमा बुझ्न प्रशासनले प्रहरी कार्यालयलाई पत्राचार गरेपछि आफूलाई बोलाइएको उहाँले बताउनु भयो । प्रहरी कार्यालय पुगेपछि आफूलाई एउटा कागजातमा हस्ताक्षर गर्न भनिएको तर विद्यालयको सम्पूर्ण शुल्क बुझाइसकेको भन्दै हस्ताक्षर गर्न नमानेपछि प्रहरी जवान रामजीवन पासवानले कार्यालयभित्रको एक कोठामा लगेर कुटपिट गरेको दासको आरोप छ । कुटपिटबाट दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा चोट लागेको छ । उहाँलाई उपचारका लागि बरहथवा स्थित हनुमन्त अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको बताईएको छ ।

 

इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गर्नु भएको छ। ‘उहाँहरूबीच विवाद भएको हो । त्यसक्रममा कुटपिट भएको हो,’ उहाँले भन्नु भयो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको र छानबिन सुरु गरिएको बताउनु भयो। उहाँका अनुसार प्रारम्भिक जानकारी अनुसार दासले मदिरा सेवन गरेर प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद भएको बुझिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु