प्रकृति र वातावरण मानव जीवनको आधार हो : राष्ट्रपति पौडेल

काठमाडौं,२२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ।

विश्व वातावरण दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै शुक्रबार उहाँले हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्न आह्वान गर्नुभएको हो ।

उहाँले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु सबैको साझा अधिकार र दायित्व भएको बताउनु भएको छ।

यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनु भएको छ।

उहाँले भन्नु भएको छ, ‘जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको छ। नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढी–पहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन्। विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणाअनुसार हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न आवश्यक छ।’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, प्रदूषण तथा प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्नु भएको छ। नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा, बाढी, पहिरो तथा वातावरणीय असन्तुलनजस्ता समस्याहरू देखिन थालेको भन्दै उहाँले जलवायु परिवर्तनको असर भविष्यको मात्र नभई वर्तमानको चुनौती बनिसकेको बताउनु भएको छ।

उहाँले भन्नु भयो, ‘जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको छ । जलवायु परिवर्तन भविष्यको लागि खतरा मात्र नरहेर वर्तमान समयमै यसको प्रभाव देख्न सकिन्छ । नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढी पहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन् ।’

विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उहाँले प्रकृतिमैत्री जीवनशैली अपनाउन तथा वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न सबैलाई आह्वान गर्नु भएको हो।

साथै स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, प्राकृतिक सम्पदाको संरक्षण तथा जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकासमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै