झापाको रमा हत्या काण्ड : प्रहरीले खोल्यो मुख , भेटियो यस्तो तथ्य

दमक,२२ जेठ । झापाको दमकमा गत हप्ता बोराभित्र फेला परेको एक युवतीको शवको रहस्य सुल्झाउन प्रहरी सफल भएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी कानूनी कारबाही अघि बढाएको छ।
गत जेठ १६ गते बिहान दमक नगरपालिका वडा नं. १० स्थित सतुवा खोलाको पुलमुनी एउटा सेतो बोराभित्र पोको पारिएको अवस्थामा एक महिलाको बीभत्स शव फेला परेको थियो। उक्त शवको पहिचान गर्ने क्रममा मृतकका पिता नारायण तिवारीले ती युवती आफ्नै २१ वर्षीया छोरी रोमा (रमा) तिवारी रहेको पुष्टि गर्नुभएको थियो। मृतक रमा दमक नगरपालिका वडा नं. ८ बसन्त टोलकी स्थायी बासिन्दा हुनुहुन्थ्यो।

शव फेला परे लगत्तै घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राविधिक टोली, नगर प्रहरी, प्रदेश प्रहरी कार्यालय धरान (सुनसरी) र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो। प्रहरीले घटना स्थलको सूक्ष्म निगरानी, आधुनिक प्राविधिक विश्लेषण तथा वारदात स्थल वरपरका सिसिटिभी फुटेजहरूको गहन अध्ययन गरेको थियो। सोही प्राविधिक विश्लेषण र कडा मिहिनेतका आधारमा प्रहरीले हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको छ।

घटनामा संलग्न आरोपी भारतको बिहार राज्य, अररिया जिल्ला, सिर सियाकला ग्राम पञ्चायत (भरगामा थाना) घर भई हाल दमक नगरपालिका वडा नं. ५ मा डेरा गरी बस्ने चौतीस वर्षीय टाइल्स मिस्त्री राकेश कुमार पण्डित रहेको खुल्न आएको छ।
आरोपीको पहिचान भएपछि इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक डिएस्गी ) हरी बहादुर बस्नेतको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले गत जेठ २१ गते राति करिब ११ः०० बजे उनकै डेरा कोठाबाट पण्डितलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीको प्रारम्भिक सोधपुछ र अनुसन्धानका क्रममा आरोपी राकेश कुमार पण्डितले आफ्नो अपराध स्वीकार गरेका छन्। मृतक रमा तिवारी र आफूबीच पैसाको विषयलाई लिएर विवाद भएको र सोही झगडाका क्रममा आक्रोशमा आई आफूले हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्।
प्रहरीले आरोपी पण्डित विरुद्ध मुलुकी अपराध संहिता २ हजार चौरतर को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) र परिच्छेद १८ (जबरजस्ती करणी कसुर) बमोजिम मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत झापाबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय दमकले घटनाको थप गम्भीर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
बरामद गरिएका दशी–प्रमाणहरूः
प्रहरीले घटनास्थल र आरोपीको बयानका आधारमा अपराधसँग सम्बन्धित महत्वपूर्ण दशी–प्रमाणहरू समेत बरामद गरेको छ, जसमा निम्नलिखित सामग्रीहरू रहेका छन,।

घटनाको दिन आरोपीले लगाएको टोमी हाईफीगर लेखीएको क्रीम रङको रातो, नीलो कालो जस्तो धर्का भएको टी सर्ट १ थान
निलो रङको फ्ल्यु गोल्डको जीन्स लेखीएको पाईन्ट १ थान क्रीम रङको जुत्ता १ जोर
मृत्क सँग भेट भई मृत्कलाई चडाई लगेको भनी आरोपीतले बताएको मे २ प ८२३ को निलो रङको होन्डा साईन मोटरसाईकल १ थान ।
एक युवतीको निर्मम हत्या गरी बोरामा हालेर फालिएको यो घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको थियो। तर, प्रहरीको चुस्त र प्राविधिक अनुसन्धानका कारण अपराधी छोटो समयमै कानुनी कठघरामा उभिन पुगेको छ। घटनाको थप विवरण अनुसन्धान सकिएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक नगरपालिकालाई राप्रपाको २२ बुँद्धे ज्ञापनपत्र

दमक,२२ जेठ । राष्ट्रिय राजनीतिमा बलियो उपस्थितिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दमक नगरपालिकाका जनताका विविध समस्याहरू समाधान गर्न माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको

दमक ५ मा मेलमिलाप तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

दमक,२२ जेठ ।“दिगो शान्तिका लागि उन्नत सम्बन्ध“ भन्ने मूल नाराका साथ झापाको दमक नगरपालिका वडा नं. ५ मा मेलमिलाप केन्द्रबाट हुने विवाद निरूपण तथा संशोधित

झापाको रमा हत्या काण्ड : प्रहरीले खोल्यो मुख , भेटियो यस्तो तथ्य

दमक,२२ जेठ । झापाको दमकमा गत हप्ता बोराभित्र फेला परेको एक युवतीको शवको रहस्य सुल्झाउन प्रहरी सफल भएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक

स्टेप अफ एजुकेसनद्वारा ओपन फुटसल आयोजना

झापा दमक ,२२ जेठ । स्टेप अफ एजुकेसन कन्सल्टेन्सीले +2 विद्यार्थीहरूका लागि ओपन फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। झापाको दमक–६, बेलडाँगी रोडमा सञ्चालनमा रहेको

रवी पछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा

काठमाडौं,२२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नु भएको छ । भारतीय विदेशमन्त्री डा। एस। जयशङ्करको निमन्त्रणामा

गलामा “भोला_ गुट्खा”को माला लगाउने यी ब्यक्ति को हुन?

झापा दमक,२२ जेठ।, दमकका एक  व्यक्ति दमक चोकमा आज फरक रुपमा भेटिनुभयो । गलामा गुट्खा मधु , भोला तथा पराग खाएर फालिएका प्लास्टिकका खोलहरु उनेर