मुगुको ऐतिहासिक ‘सुनखानी गुफा’ ओझेलमा

मुगु,२३ जेठ । मुगुको सोरु गाउँपालिका स्थित माथिलिब्रु गाउँ नजिक एक ऐतिहासिक तथा प्राचीन सुनखानी गुफा छ, प्रचार प्रसार र सरोकारवालाको ध्यान नजाँदा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्य र पुरातात्त्विक महत्वले भरिपूर्ण भएपनि आवश्यक संरक्षण, प्रवद्र्धन र पूर्वाधारको अभावमा यो पर्यटकीय सुनखानी गुफा ओझेलमा परेको स्थानीयको भनाइ छ । गुफाको भित्री संरचना आकर्षक र रहस्यमयी हुनुका साथै यसको ऐतिहासिक पृष्ठभूमि पनि बलियो रहेको स्थानीय राज शाही ठकुरीले जानकारी दिनु भयो ।

 

तर, राज्यका तर्फबाट यसको खोज अनुसन्धान र विकासका लागि कुनै ठोस पहल नहुँदा यो ऐतिहासिक गुफा संकट ओझेलमा रहेको उहाँको भनाई छ । गुफा हुम्ला कर्णालीसम्मै जोडिएको स्थानीयको भनाइ छ । गुफादेखि आधा किमी मुनी हुम्ला कर्णाली रहेको छ । ‘घटकुना भन्ने ठाउँमा एउटा गुफा, त्यो भन्दा माथि सुनखानी गुफा र माथि थलोहाले भन्ने ठाउँमा गरी एउटै लाइनमा तीनवटा प्राचिन गुफा रहेको गुरादेउताको धामी अंगबहादुर शाहीको भनाई छ । गुफाहरू निकै आकर्षण र ऐतिहासिक छ तर पहुँच नहुँदा ओझेलमा रहेको उहाँको भनाई छ ।

 

परापूर्वकालमा लिब्रु गाउँका बालबच्चा हराउने गरेको र खोजी गर्दा त्यही सुनखानी गुफा भित्र भेटिने गरेपछि भूतले लैजाने गरेको आशंका गरेपछि गाउँलेले समइजु देउता बच्चा जोगाइ दिन बिन्ती गर्दा उक्त समइजु देउता सोही गुफा भित्र पसेर भूतको नास गरेपछि बच्चा हराउन छोडेको किवंदन्ती छ । यातायातको असुविधा र विकट भौगोलिक अवस्थितिका कारण पनि यो गुफासम्म पर्यटकहरू पुग्न सकेका छैनन् । स्थानीय भक्त शाहीले प्रचारप्रसार नहुँदा ओझेलमा परेको गुफा अहिले भेडाबाख्रा ओत लाग्ने ठाउँ जस्तो मात्र बनेको धारणा राख्नु भयो।

 

माथिलिब्रु गाउँबाट उक्त गुफा पुग्न १५ मिनेट समय लाग्ने गरेको छ भने कर्णाली करिडोरबाट करिब एक घण्टा समय लाग्ने गरेको छ । गाउँमा यति ठुलो ऐतिहासिक महत्व बोकेको सुनखानी गुफा छ, तर यसको संरक्षण र विकासमा कसैको ध्यान नदिएको लिब्रु गाउँका बुढापाको गुनासो छ । ‘जिल्लाबाट पनि सडक गाउँमा पुगिसक्यो कर्णाली करिडोर पनि छोएको छ’ लिब्रु गाउँका रनविर शाहीले भन्नु भयो,‘यो ऐतिहासिक सुनखानी गुफा प्रर्बद्धनमा कसैले चासो दिएका छैनन् ।’

 

‘नामै काफी छ,’ शाहीले भन्नु भयो,‘स्थानीय तह प्रदेश र संघ सरकारले सुनखानीलाई पर्यटकीय रूपमा प्रवद्र्धन गर्न आवश्यक बजेटसहित अनुसन्धान गरी दिनुपर्यो ।’ सरकारले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरे स्थानीयको आयआर्जनमा ठुलो टेवा पुग्ने आम्दानीको स्रोत वृद्धि हुने पूर्ववडाअध्यक्ष डबल शाही बताउँनु हुन्छ । सोरु गाउँपालिकाको प्राचित गुफालाई मुगुको प्रसिद्ध रारा तालसँग जोडेर एउटा नयाँ पर्यटकीय गन्तव्य (टुरिजम सर्किट) का रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको स्थानीयको भनाई छ । गुफाको उचित मर्मत सम्भार, भित्र उज्यालोको व्यवस्था र बाटोको स्तरोन्नति गर्न सके यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने स्थानीयको अपेक्षा छ ।

 

स्थानीय सरकार र पुरातत्त्व विभागले समयमै यसको ऐतिहासिकता पुष्टि गर्न वैज्ञानिक अनुसन्धान अगाडि बढाउनु पर्ने लिब्रु गाउँका स्थानीयको माग छ । अहिले लिब्रु गाउँका राज शाही ठकुरीको पहलमा गुफामा पुगेर भिडियो फोटो खिचेर प्रचार गरिरहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो