नीट परीक्षा विवादलाई लिएर दिल्लीमा विरोध प्रदर्शन

काठमाडौं,२३ जेठ । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’ माग्यौं, तपाईंहरूले ‘लिक इन इन्डिया’ दिनुभयो’ जस्ता नाराहरू लगाएका थिए ।

 

सीजेपीका संस्थापक अभिजित दिप्के अमेरिकाको बोस्टनबाट दिल्ली पुगेर आन्दोलनको नेतृत्व गरिरहनु भएको छ । दिल्ली विमानस्थलमा उहाँ भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरसँग सम्बन्धित पुस्तक बोकेको अवस्थामा देखिनु भएको थियो । सामाजिक सञ्जाल एक्समार्फत सीजेपीले दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जनाएको थियो । पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानमाथि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन आयोजना गरिएको बताएको छ ।

 

दिल्ली प्रहरीको अतिरिक्त कार्यालयले जारी गरेको आदेशअनुसार सीजेपीलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जन्तर–मन्तरमा प्रदर्शन गर्न एकपटकका लागि विशेष अनुमति प्रदान गरिएको थियो । आदेशमा सर्वोच्च अदालतका निर्देशिका तथा सम्बन्धित कानुनी प्रावधानअनुसार अनुमति दिइएको उल्लेख गरिएको छ । भारतमा पछिल्लो समय विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएका अनियमितताका कारण विवाद चुलिएको छ । विशेषगरी नीट–यूजी परीक्षा प्रश्नपत्र चुहावट, प्रशासनिक कमजोरी तथा परीक्षा व्यवस्थापनसम्बन्धी विवादका कारण चर्चामा रहेको छ । यस वर्षको परीक्षा जुन २१ मा पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ ।

 

प्रश्नपत्र चुहावट प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अनुसन्धान जारी राखेको छ । घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरू पक्राउ परिसकेका छन् । सीबीआई निर्देशक प्रवीण सूद र राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) का महानिर्देशक अभिषेक सिंहले हालै संसदीय स्थायी समितिलाई अनुसन्धानको प्रगतिबारे जानकारी गराउनु भएको थियो । यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले दिल्लीसहित भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै परीक्षा प्रणालीमा बारम्बार देखिएका अनियमितताबारे जवाफदेहिता माग गरेका थिए । शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गर्ने केही विद्यार्थी तथा अभियन्तालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

यस विषयमा राजनीतिक प्रतिक्रिया पनि तीव्र बनेको छ । आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवाल तथा कांग्रेसका नेता जयराम रमेश र राहुल गान्धीले परीक्षा प्रणाली व्यवस्थापनमा केन्द्र सरकारको भूमिकामाथि प्रश्न उठाउनु भएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो