स्वास्थ्य मन्त्री मेहताद्वारा औषधी व्यवस्था विभागको स्थलगत निरीक्षण

काठमाडौं,२३ जेठ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाको स्थलगत भ्रमण गर्नु भएको छ। शुक्रबार गरिएको उक्त भ्रमणका क्रममा मन्त्री मेहताले दुवै निकायको विद्यमान अवस्था, सेवा प्रवाह र समस्याहरूको बारेमा स्थलगत निरीक्षण गर्नुका साथै उच्च अधिकारीहरूसँग छलफल समेत गर्नु भएको छ।

 

छलफलका क्रममा मन्त्री मेहताले औषधी आपूर्ति प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि विभिन्न महत्वपूर्ण निर्देशिकाहरू जारी गर्नु भएको छ। हाल बजारमा केही अत्यावश्यक औषधीहरूको अभाव देखिएको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले आपूर्ति र व्यवस्थापनलाई सहज बनाउन तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिनु भएको छ ।

 

यसैगरी, हालसम्म औषधी आपूर्ति र वितरणको अनुमति प्राप्त गरिसकेका तर बजारमा नियमित रूपमा औषधी आपूर्ति नगर्ने आपूर्तिकर्ताहरू माथि तत्काल नियमनको कार्य अगाडि बढाउन समेत विभागलाई सचेत गराउनु भएको छ। उहाँका अनुसार अनुमति लिएर पनि जिम्मेवारीपूर्वक आपूर्ति नगर्ने कम्पनीहरूलाई कानुनी दायरामा ल्याइने मन्त्रालयको तयारी छ । नयाँ औषधी आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन र आवश्यक कागजात पेस गरेर पनि लामो समयदेखि प्रक्रियामा अल्झिएका वा अनुमति पाउन नसकेका कम्पनीहरूको हकमा मन्त्री मेहताले विशेष चासो राख्नु भएको छ।

 

त्यस्ता कम्पनीहरूको तत्काल स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी बाँकी प्रक्रियालाई गति दिन विभागलाई निर्देशित गरिएको छ । औषधी व्यवस्था विभागको समग्र नियमन क्षमता अभिवृद्धि गर्न सबै प्रकारका चाल्नुपर्ने कदमहरूको आवश्यक तयारी थाल्न समेत मन्त्री मेहताले जोड दिनु भएको छ । औषधी आपूर्ति र यसको व्यवस्थापनलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउन आपूर्ति अनुमति (लाइसेन्स) प्रदान गर्ने कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो । यसका लागि तत्काल गर्नुपर्ने सुधारहरू, आवश्यक पर्ने थप स्रोतसाधन तथा जनशक्तिको स्पष्ट विवरण तयार पारी तुरुन्त मन्त्रालयमा पेस गर्न उहाँले निर्देशन गर्नु भएको छ ।

 

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपाल सरकारद्वारा निःशुल्क रूपमा वितरण गरिने औषधीहरू र स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई उपलब्ध गराइने औषधीहरूको गुणस्तरमा कुनै सम्झौता नहुने प्रष्ट पार्नु भएको छ ।त्यस्ता औषधीहरूको गुणस्तर परीक्षणलाई विशेष जोड दिने गरी राष्ट्रिय औषधी प्रयोगशाला र विभागले आवश्यक व्यवस्थापन मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेखक तिम्सिनाको कृतिलाई यशस्वी पुस्तक सम्मान प्रदान

पथरी, २३ जेठ / कीर्तिशेष दीपेन्द्रराज तिम्सिनाकाे पुस्तक “गुमनाम एक इतिहास बिसे नगर्ची”लाई  यशस्वी पुस्तक सम्मान २०८१ प्रदान भएको छ।   मोरङ पथरी शनिश्चरेका लेखक

दमकका यी महिलाले ४ दिनको प्रशिक्षणबाटै सिके वाककला : डर हराएको प्रतिक्रिया

दमक,२३ जेठ।“नेपाली समाजमा एउटा स्थापित उखान छ— बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। हो, ज्ञान र कला जतिसुकै भए पनि यदि त्यसलाई निर्धक्कसँग व्यक्त

मलाई न्यायाधीश वा प्रधानमन्त्री मात्र होइन, साहित्यप्रेमीका रूपमा पनि चिन्नुस्ः सुशीला कार्की

काठमाडौं,२३ जेठ । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू

स्वास्थ्य मन्त्री मेहताद्वारा औषधी व्यवस्था विभागको स्थलगत निरीक्षण

काठमाडौं,२३ जेठ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाको स्थलगत भ्रमण गर्नु भएको छ। शुक्रबार गरिएको उक्त भ्रमणका

नीट परीक्षा विवादलाई लिएर दिल्लीमा विरोध प्रदर्शन

काठमाडौं,२३ जेठ । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ

मुगुको ऐतिहासिक ‘सुनखानी गुफा’ ओझेलमा

मुगु,२३ जेठ । मुगुको सोरु गाउँपालिका स्थित माथिलिब्रु गाउँ नजिक एक ऐतिहासिक तथा प्राचीन सुनखानी गुफा छ, प्रचार प्रसार र सरोकारवालाको ध्यान नजाँदा ओझेलमा परेको