छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु : सुधन गुरुङ

काठमाडौं,२४ जेठ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गर्नु भएको छ ।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताउनु भयो ।

अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्न् भयो, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मंैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’

उहाँले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताउनु भएको छ ।

आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रह समेत राख्नु भयो ।

हाँले भन्न् भयो, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कानुनीरुपमै रक्सी प्रतिबन्ध लगाउनुपर्छ : महेन्द्र यादव

जनकपुर,२४जेठ । नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई आग्रह गर्नु भएको छ ।

वार्ड कार्यालयमा आगजनी र तोडफोड गर्नेलाई जेल चलान

दमक, २४ जेठ । झापाको दमक नगरपालिका–३ को वडा कार्यालयमा आगजनी, तोडफोड तथा लुटपाटको प्रयास गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत झापाले पुर्पक्षका

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

दमक, २४ जेठ ।  आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमान्डौं, २४ जेठ । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमान्डौं, २४ जेठ । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको