सभापतिमा पाठक र उप सभापतिमा न्यौपाने

बालेनले जितेको झापा ५ मा पार्टिको नेतृत्व फेरीयो

यो निर्वाचन क्षेत्र प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र रहेकोले समेत खास नजर र दृष्टिकोणले देशभरबाटै हेर्ने गरीएको छ ।

दमक, २४ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशनले झापामा नयाँ नेतृत्व चयन गर्दै पाँचवटै निर्वाचन क्षेत्रको संगठनात्मक संरचना निर्वाचनमार्फत टुंग्याएको छ। यसैक्रममा झापा निर्वाचन क्षेत्र नम्बर–५ मा चुडामणि पाठक (विवेक) सभापतिमा निर्वाचित हुनुभएको छ।

 

शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनमा निकै प्रतिस्पर्धात्मक मतदानपछि पाठकले विजय हासिल गर्नुभएको हो। यसअघि ‘बालेन कमाण्डर’ का रूपमा चर्चित रहनुभएका भेषराज भट्टराईलाई झिनो मतान्तरले पराजित गर्दै पाठक नेतृत्वमा पुग्न सफल हुनुभएको हो।

 

निर्वाचन परिणामअनुसार पाठकले ५३ मत प्राप्त गर्नुभयो भने भट्टराईले ५१ मत प्राप्त गर्नुभयो। सभापति पदका अर्का उम्मेदवार धिरज न्यौपानेले २९ मत प्राप्त गर्नुभएको थियो। कडा प्रतिस्पर्धाबीच भएको मतदानले झापा–५ मा रास्वपाभित्र नेतृत्वका लागि बलियो राजनीतिक सक्रियता देखिएको विश्लेषण गरिएको छ।

 

त्यस्तै, झापा–५ को उपसभापतिमा चिरन न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ। उक्त पदमा उहाँविरुद्ध कसैको उम्मेदवारी नपरेपछि न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको हो।

 

नवनिर्वाचित सभापति पाठक र उपसभापति न्यौपानेले अब अन्य पदाधिकारी तथा सदस्य मनोनयन गरी क्षेत्रीय समितिलाई पूर्णता दिने जिम्मेवारी पाउनेछन्।

 

विशेष कुरा के छ भने, झापा–५ को नेतृत्वमा पुगेका दुवै युवा दमकका सफल व्यवसायीका रूपमा परिचित छन्। सभापति पाठक लामो समयदेखि देश तथा विदेशसम्म सामान ढुवानी र वितरण गर्ने कुरियर तथा ट्रान्सपोर्ट व्यवसायमा संलग्न हुनुहुन्छ।

 

यस्तै उपसभापति न्यौपाने जापान अध्ययन वा रोजगारीका लागि जान चाहने युवालाई भाषा प्रशिक्षण, परामर्श तथा आवश्यक डकुमेन्ट व्यवस्थापन सेवा प्रदान गर्ने कन्सल्टेन्सी व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ।

 

व्यवसायिक पृष्ठभूमिबाट आएका दुई युवाको नेतृत्वमा रास्वपा झापा–५ ले आगामी दिनमा संगठन विस्तार र राजनीतिक गतिविधिलाई कसरी अघि बढाउँछ भन्ने विषय अहिले चासोका साथ हेरिएको छ।

 

यो निर्वाचन क्षेत्र प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र रहेकोले समेत खास नजर र दृष्टिकोणले देशभरबाटै हेर्ने गरीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे

बाढीपीडितको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पदाधिकारी र कर्मचारीले उद्धार कोषमा रकम दिने

काठमाडौं , भदौ १३ । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा