रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग

काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन् । उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन् ।

कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित बिजयी भएका थिए । निर्वाचनपछि रनियाको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना दिइएको समर्थक धिराज पटेलले जानकारी दिनु भयो ।

उहाँले उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा पद उल्लेखबिनाको साधारण कागजमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत नपुगेको’ भन्ने आधार देखाएर पुनः निर्वाचन गराइएको दाबी गरिएको भए पनि निर्वाचनकै दिन यस्तो विषय किन नउठाइएको भन्दै प्रश्न गरेका छन् ।

पार्टीका निर्वाचन प्रतिनिधि र नेतृत्वले विधानको सही व्याख्या नगरेको, विजयी घोषणा गरी माला र अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको पटेलको दाबी छ । उहाँले उपनिर्वाचन सीमित प्रतिनिधिबीच गराइएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाउनु भएको छ।

उहाँले पार्टी नेतृत्वसँग उपनिर्वाचनको आधार सार्वजनिक गर्न, पारदर्शिता कायम गर्न तथा निष्पक्ष रूपमा पुनः प्रक्रिया अघि बढाउन माग गर्नु भएको छ । उहाँले रास्वपा समर्थकहरु परिवर्तनको आशामा पार्टीमा आबद्ध भएको तर पछिल्लो घटनाले निराश बनाएको बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार घोषणा

काठमाडौँ ,२५ जेठ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा गौरीशंकर लाल दास

सिरहामा मोबाइल नष्ट गरिएको घटनाको छानबिन गर्न महासंघको माग

काठमाडौँ,२५ जेठ। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम

लुम्बिनी प्रदेशका मन्त्री लाई पदबाट बर्खास्त गर्न जसपा नेपालकाे माग

काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । अदालतको फैसलालगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराए पनि लुम्बिनी

दशकौंदेखि थाँती समस्याहरु बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक हो:वाग्ले

काठमाडौं,२५ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताउनु भएको छ । सोमबार काठमाडौंमा

फिलिपिन्समा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, सुनामीको उच्च सतर्कता

मनीला (एजेन्सी)  जेठ २५ फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९

जेन जी आन्दोलनमा सुधन गुरुङ देखि स्वागत नेपाल सम्मको गोप्य बैठक,यसरी हुन्थ्यो बङ्लादेश शैली मा सत्ता पल्टाउने योजना

काठमाडौँ,२५ जेठ । जेन(जी ले गरेको शान्तिपूर्ण आन्दोलन एकाएक कसरी हिंसात्मक र ध्वंसात्मक बन्यो ? के यो तत्कालको आक्रोश मात्रै थियो कि यसको पछाडि कुनै