वार्ड कार्यालयमा आगजनी र तोडफोड गर्नेलाई जेल चलान

दमक, २४ जेठ । झापाको दमक नगरपालिका–३ को वडा कार्यालयमा आगजनी, तोडफोड तथा लुटपाटको प्रयास गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

 

गत वैशाख ९ गते बिहान वडा कार्यालयभित्र प्रवेश गरी कार्यालयका सामग्री तोडफोड गर्ने, महत्वपूर्ण सरकारी कागजातमा आगो लगाउने तथा कार्यालयको सम्पत्तिमा क्षति पु¥याउने आरोपमा पक्राउ परेका दमक–३ स्थित भुटानी शरणार्थी शिविरका बासिन्दा रबिन गुरुङलाई अदालतले अनुसन्धान अवधिभर थुनामा राख्न आदेश दिएको हो।

 

अदालतको आदेशअनुसार गुरुङलाई थप अनुसन्धानका लागि भद्रपुर कारागार पठाइएको छ। अदालतले जाहेरी, घटनासँग सम्बन्धित प्रमाण, अभियुक्तको बयान तथा मिसिलमा संलग्न अन्य कागजातको अध्ययनपछि उक्त आदेश दिएको जनाएको छ।

 

अदालतको आदेशमा गुरुङले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको उल्लेख छ। बयानका क्रममा उनले मादक पदार्थ सेवन गरेको अवस्थामा घटना भएको भन्दै आफ्नो गल्ती स्वीकार गरेका छन्।

 

दमक नगरपालिकाले गुरुङविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गराएको थियो। नगरपालिकाले पेश गरेको दाबीअनुसार गुरुङले वडा कार्यालयमा रहेका करिब ७० हजार रुपैयाँ मूल्यका कम्प्युटर तथा २० हजार रुपैयाँ मूल्य बराबरको स्टिल दराजमा क्षति पु¥याएका थिए। साथै, कार्यालयमा सुरक्षित राखिएका महत्वपूर्ण सरकारी कागजातहरूमा आगो लगाई नष्ट गरेको आरोप पनि उनीमाथि छ।

 

घटनाको पुष्टि हुने सीसीटीभी फुटेज, क्षतिको विवरण तथा अन्य प्रमाण अदालतमा पेश गरिएको थियो। ती प्रमाणका आधारमा अदालतले घटनाको थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे

बाढीपीडितको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पदाधिकारी र कर्मचारीले उद्धार कोषमा रकम दिने

काठमाडौं , भदौ १३ । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा