फिलिपिन्समा ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं,२५ जेठ । फिलिपिन्समा सोमबार बिहान ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प नेपाली समयअनुसार बिहान करिब ५ः०७ बजे गएको हो । हालसम्म भूकम्पबाट भएको सम्भावित क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

 

एनसीएसले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको ५।६३५ डिग्री उत्तरी अक्षांश र १२५।१४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प ९३ किलोमिटर गहिराइमा गएको बताइएको छ । पहिलो भूकम्प गएको करिब ११ मिनेटपछि सोही क्षेत्रमा ६।४ म्याग्निच्युडको अर्को भूकम्पीय धक्का महसुस गरिएको एनसीएसले जनाएको छ । दोस्रो भूकम्प ७९ किलोमिटर गहिराइमा गएको थियो भने यसको केन्द्रबिन्दु ५।६०५ डिग्री उत्तरी अक्षांश र १२५।४०८ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।

 

फिलिपिन्स प्रशान्त महासागरीय रिङ अफ फायर क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्पीय गतिविधि हुने गर्दछ । ९एएनआई०

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु