सरकारलाई जिम्मेवार र परिपक्व बन्न लिङ्देनको आग्रह

काठमाडौं,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारलाई संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न आग्रह गर्नु भएको छ । आज रास्वपाले बालोलाएको सर्वदलीय बैठक पछि बोल्दै उहाँले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘संसदमा अहिले प्रतिपक्ष गणितका हिसाबले कमजोर छ र विकल्प पनि छैन । त्यसकारण हामी विकल्पहीन अवस्थामा छौँ । यस्तो अवस्थामा संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त र नियन्त्रण तथा सन्तुलनको व्यवस्थालाई भत्काउने खालका काम नहोस् ।’ वैदेशिक सम्बन्धका विषयमा अपरिपक्व व्यवहार गर्न नगर्न आग्रह गदै उहाँले कूटनीतिक मामिलामा संयम र परिपक्वता आवश्यक रहेको बताउनु भयो ।

 

‘वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार देखाउन भएन । देश जित्नेको मात्र होइन हार्नेको पनि हो । सरकारले गर्ने गलत क्रियाकलाप सिकार सम्पूर्ण देशले बेहोर्न पर्ने हुन्छ । त्यसैले परिपक्व व्यवहार गरियोस्,’ उहाँले भन्नु भयो, ‘चाहो प्रधानमन्त्रीले सीमा सम्बन्धमा मन्तव्य होस् । रास्वपाका सभापति भारतमा गएर विगतको भारी बोक्दै नै भन्नु भएको कुरा होस् । त्यसले धेरै अर्थ राख्छ ।’ उहाँका अनुसार निर्वाचन जित्ने पक्षको मात्र नभई हार्ने पक्षको पनि देश भएकाले सबैको देशप्रति समान जिम्मेवारी हुन्छ ।

उहाँले प्रधानमन्त्रीका सीमा सम्बन्धी अभिव्यक्ति तथा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा विगतका विषय उठाएको प्रसंगतर्फ संकेत गर्दै यस्ता अभिव्यक्तिले कूटनीतिक र राजनीतिक रूपमा गम्भीर अर्थ राख्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु