सांसद सुदन गुरुङविरुद्धको जाहेरी लिन प्रहरीको अस्वीकार

काठमाडौं,२५ जेठ । राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटबाटै फिर्ता पठाएको भन्दै आपत्ति जनाएको छ । सोमबार अभियानका प्रतिनिधि सांसद गुरुङले प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी जेनजी अभियन्ताहरूसँग धम्कीपूर्ण तथा अभद्र व्यवहार गरेको, ‘देखाइदिन्छु’ भन्दै विभिन्न अपशब्द प्रयोग गरी मानसिक तथा राजनीतिक दबाब सिर्जना गर्न खोजेको आरोपमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता गर्नको लागि पुग्नु भएको थियो।

 

उक्त घटनाको सत्यतथ्य छानबिन तथा आवश्यक कानुनी कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका अभियानका प्रतिनिधिहरूलाई परिसरको गेटबाटै फर्काइएको अभियानका अभियन्ता प्रकाश बमले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘हिरासतमा बस्दा पूर्वगृहमन्त्री सुदन गुरुङ त्यहाँ आएर हामीलाई अभद्र व्यवहार गर्नुभयो । उहाँले ‘तिमीहरू कोबाट परिचालित छौ ? गर्न खोजेको के हो ? तिमीहरूलाई अन्तिम चेतावनी हो’ भन्दै धम्की दिनुभयो । सत्ताको आडमा जे पनि गर्न पाइन्छ भन्ने प्रवृत्तिविरुद्ध जाहेरी दिन आएका थियौं। तर प्रहरी परिसरले गेटबाटै फर्काउने वातावरण बनायो। यहाँ त जाहेरी नै लिन मानिएन।’

बमले आफूहरूलाई गेटबाटै फर्काइनु न्यायिक प्रक्रियामाथिको अविश्वास बढाउने घटना भएको उल्लेख गर्दै यसलाई तानाशाही प्रवृत्तिको संकेत भएको टिप्पणी गर्नु भएको छ। अभियानले घटनाबारे निष्पक्ष छानबिन गरी पीडित पक्षको जाहेरी दर्ता गर्न तथा कानुनबमोजिम प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार घोषणा

काठमाडौँ ,२५ जेठ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा गौरीशंकर लाल दास

सिरहामा मोबाइल नष्ट गरिएको घटनाको छानबिन गर्न महासंघको माग

काठमाडौँ,२५ जेठ। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम

लुम्बिनी प्रदेशका मन्त्री लाई पदबाट बर्खास्त गर्न जसपा नेपालकाे माग

काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । अदालतको फैसलालगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराए पनि लुम्बिनी

दशकौंदेखि थाँती समस्याहरु बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक हो:वाग्ले

काठमाडौं,२५ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताउनु भएको छ । सोमबार काठमाडौंमा

फिलिपिन्समा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, सुनामीको उच्च सतर्कता

मनीला (एजेन्सी)  जेठ २५ फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९

जेन जी आन्दोलनमा सुधन गुरुङ देखि स्वागत नेपाल सम्मको गोप्य बैठक,यसरी हुन्थ्यो बङ्लादेश शैली मा सत्ता पल्टाउने योजना

काठमाडौँ,२५ जेठ । जेन(जी ले गरेको शान्तिपूर्ण आन्दोलन एकाएक कसरी हिंसात्मक र ध्वंसात्मक बन्यो ? के यो तत्कालको आक्रोश मात्रै थियो कि यसको पछाडि कुनै