प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति हर्कराज राईको आपत्ति

काठमाडौं,२५ जेठ । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउन माग गर्नु भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले नेपालले अन्य देशको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको पुष्टि गर्नुपर्ने बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘देशकै प्रधानमन्त्रीले संसद्को रोस्टमा उभिएर जुन खालको अभिव्यक्ति दिनुभएको छ त्यो सचाइनुपर्छ भनेर माग गदै आएका छौँ । उहाँले सिमानाको बारेमा नेपालले कहाँ कहाँ सिमाना मिचेको रहेछौं भन्ने बारेमा पुष्टि गरिदिनुपर्छ । होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइलाई सच्याउनु पर्दछ । त्यसको लागि माफी माग्नु पर्दछ ।’

 

राईले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके नेपाली जनतालाई सम्बोधन गरेर अभिव्यक्ति सच्याउन र माफी माग्नुपर्ने माग गर्नु भएको छ। उहाँले उक्त विषय समाधान नभएसम्म अन्य विषयमा प्रवेश गर्नु उचित नहुने धारणा समेत राख्नु भयो। उहाँले सीमाको सुरक्षालाई राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सीमा माथि हुने अतिक्रमणविरुद्ध स्पष्ट नीति आवश्यक रहेको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुइयाको फुरफुर – ३६

उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली

भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।   जसमध्ये रसुवामा

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी