काठमाडौँ,२५ जेठ । गत संसदीय निर्वाचन (२०७९) मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अप्रत्याशित उदय र उनको ‘क्रेज’को लहरमाथि सवार भएर राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा बलियो उपस्थिति जनाएको थियो । आम चुनावका बेला ‘बालेन क्रेज’ र पुराना वैकल्पिक शक्ति (विवेकशील(साझा का एजेन्डाहरू रास्वपाको चुनावी परिणामका मुख्य हतियार बनेका थिए । तर, पार्टी स्थापनाको छोटो समयमै देशव्यापी रूपमा सम्पन्न जिल्ला अधिवेशनहरूको परिणामले भने रास्वपाभित्रको आन्तरिक सत्तामा सभापति रवि लामिछाने र संस्थापन पक्षको एकलौटी वर्चस्व स्थापित गरिदिएको छ ।
हालै देशका ५० भन्दा बढी जिल्लामा सम्पन्न रास्वपाको नयाँ नेतृत्व चयन प्रक्रियामा अधिकांश स्थानमा संस्थापन ९रवि लामिछाने० पक्षका उम्मेदवारहरू विजयी भएका छन् । यो परिणामले संसदीय चुनावका बेला सतहमा देखिएको ‘बालेन प्रभाव’ र विवेकशील(साझा समूहको पकड जिल्ला तहको संगठनमा निकै कमजोर रहेको तथ्यलाई उजागर गरेको छ ।
सुरुवाती चरण : बालेनको लहर र रास्वपाको जन्म
२०७९ वैशाखको स्थानीय चुनावमा बालेन शाहले स्वतन्त्र रूपमा काठमाडौँको मेयर जितेपछि देशैभर ुस्वतन्त्र र वैकल्पिकु राजनीतिको अभूतपूर्व लहर आयो । यही लहरकै जगमा रवि लामिछानेले असारमा रास्वपा गठन गरे । मंसिरको संसदीय चुनावमा रास्वपाले बालेन शाहको समर्थक समूह, स्वतन्त्र अभियान र विवेकशील(साझा पार्टीका पूर्वकार्यकर्ता तथा समर्थकहरूलाई ठूलो संख्यामा आकर्षित गर्यो । कतिपय क्षेत्रमा बालेन निकट भनिएका र वैकल्पिक धारका नेताहरूले रास्वपाको टिकटबाटै चुनाव जितेर संसद्सम्म पुगे । त्यतिबेला ुबालेन क्रेजु र ुघण्टीु एकअर्काका परिपूरक जस्तै देखिएका थिए ।
जिल्ला अधिवेशन, ‘नयाँ भर्सेस पुराना’ को लडाइँ
पार्टीले गुटगत प्यानल बनाएर चुनाव लड्न आन्तरिक रूपमा रोक लगाएको भए पनि जिल्ला अधिवेशनहरूमा स्पष्ट रूपमा दुई धारबीच प्रतिस्पर्धा देखियो । एकातिर पार्टी स्थापनाकालदेखि नै रविलाई साथ दिँदै आएको ुसंस्थापन पक्षु ९रवि समूह० थियो भने अर्कोतिर बालेन शाहका एजेन्डा र विवेकशील(साझा पृष्ठभूमिका नेता(कार्यकर्ता समेटिएको ुनयाँरवैकल्पिक समूहु थियो ।
केही जिल्लाहरूमा यी दुई समूहबीच तीव्र चुनावी प्रतिस्पर्धा समेत भयो । तर, परिणाम आउँदा ुरवि समूहुले क्लिन स्वीप जस्तै गर्यो । पार्टी स्रोतका अनुसार, भुइँतहको संगठन निर्माण र सदस्यता वितरणमा संस्थापन पक्ष पहिलेदेखि नै हाबी भएकाले विद्रोही वा वैकल्पिक धारका उम्मेदवारहरू जिल्ला नेतृत्वमा आउन सकेनन् ।
नेतृत्वको दाबी गुटबन्दी होइन, कार्यकर्ताको स्वतन्त्र रोजाइ
जिल्ला अधिवेशनको यो परिणामलाई लिएर रास्वपाभित्र दुईथरी विश्लेषण सुरु भएको छ । संस्थापन इतरका कतिपय नेताहरूले पार्टीमा केन्द्रको हस्तक्षेप र संस्थापन पक्षको अदृश्य प्यानलका कारण यस्तो परिणाम आएको गुनासो गरेका छन् ।
तर, पार्टी केन्द्रीय नेतृत्वले भने यसलाई गुटगत जित(हारको रूपमा हेर्न अस्वीकार गरेको छ । नेतृत्वका अनुसार यो परिणाम कुनै गुट विशेषको प्रभाव नभएर पार्टीका आम कार्यकर्ताले विवेक प्रयोग गरी गरेको स्वतन्त्र रोजाइ हो र यसले पार्टीलाई थप एकढिक्का बनाएको छ ।
महाधिवेशनमा रविको बलियो बल
जिल्ला अधिवेशनहरूबाट बाहिरिएको यो प्रवृत्तिले आगामी असार ७ देखि ९ गतेसम्म हुने रास्वपाको ऐतिहासिक पहिलो महाधिवेशनको परिदृश्यलाई पनि प्रस्ट पर्न थालेको छ । महाधिवेशनमा देशभरिबाट करिब ३ हजार प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
जिल्ला(जिल्लाबाट संस्थापन पक्षकै नेताहरू चुनिएर आएकाले महाधिवेशनबाट चयन हुने केन्द्रीय समिति र पदाधिकारीमा पनि रवि लामिछाने पक्षकै पूर्ण नियन्त्रण रहने निश्चितप्रायः देखिएको छ । यसले रास्वपा संसदीय चुनावको जस्तो ुमिश्रित सेन्टिमेन्टुबाट चल्ने नभई अब पूर्ण रूपमा रवि लामिछानेकै विचार र शैलीमा अगाडि बढ्ने राजनीतिक विश्लेषकहरूको मत छ









