शक्तिशाली भूकम्पपछि फिलिपिन्स र इन्डोनेसियासहित धेरै देशमा सुनामी अलर्ट

काठमाडौं,२५ जेठ । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ नजिक केन्द्रविन्दु भएर आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि प्रशान्त क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । अल जजिराका अनुसार भूकम्प सोमबार बिहान सबेरै गएको हो, जसले फिलिपिन्समा ठूलो संरचनागत क्षति पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको छ । भुकम्पका कारण हालसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

 

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले प्रारम्भिक झट्कापछि एक घण्टाभन्दा बढी समयसम्म परकम्पहरू आएको जनाएको छ । भूकम्पपछि फिलिपिन्समा आपत्कालीन निकायहरू सक्रिय गरिएको छ । नागरिक सुरक्षा कार्यालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ । अधिकारीहरूले सराङ्गानी, दाभाओ ओक्सिडेन्टल, तावी–तावी र सुलु लगायत नौ प्रान्तका बासिन्दालाई तत्काल सुरक्षित स्थान वा उच्च भूभागतर्फ जान आग्रह गरेका छन् । यसैबीच, इन्डोनेसियाका उत्तरी सुलावेसी, गोरोंतलो प्रान्त र साङ्गीहे टापुहरूमा पनि सुनामी चेतावनी जारी गर्दै बासिन्दालाई उच्च स्थानमा जान निर्देशन दिइएको छ । जापान, फिलिपिन्स र इन्डोनेसियाका अधिकारीहरूले समुद्री क्षेत्रमा खतरनाक छालाको जोखिमबारे चेतावनी जारी गरेका छन् ।

 

अमेरिकास्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक रूपमा एक मिटरसम्मका छालहरू फिलिपिन्सका तटीय क्षेत्रमा पुग्न सक्ने र इन्डोनेसिया तथा मलेसियाका केही भागमा पनि जोखिम रहने जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार पहिलो सुनामी लहरहरू फिलिपिन्स र इन्डोनेसियामा स्थानीय समयअनुसार बिहान करिब १० बजे पुग्नसक्ने अनुमान गरिएको छ । त्यसपछि दक्षिणी जापान, ताइवान, माइक्रोनेसिया, पपुवा न्यू गिनी र सोलोमन टापुहरूमा समेत प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ ।

अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले भने उक्त भूकम्पले संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रमा कुनै ठूलो खतरा नरहेको जनाएको छ । यद्यपि जापानका केही दक्षिणी टापुहरूमा सुनामी चेतावनी कायम राखिएको छ । त्यस्तै, उत्तरी मारियाना टापु र गुआममा पहिले जारी गरिएको चेतावनी हटाइए पनि समुद्री धार र खतरनाक समुद्री अवस्था कायम रहन सक्ने बताइएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार घोषणा

काठमाडौँ ,२५ जेठ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा गौरीशंकर लाल दास

सिरहामा मोबाइल नष्ट गरिएको घटनाको छानबिन गर्न महासंघको माग

काठमाडौँ,२५ जेठ। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम

लुम्बिनी प्रदेशका मन्त्री लाई पदबाट बर्खास्त गर्न जसपा नेपालकाे माग

काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । अदालतको फैसलालगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराए पनि लुम्बिनी

दशकौंदेखि थाँती समस्याहरु बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक हो:वाग्ले

काठमाडौं,२५ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताउनु भएको छ । सोमबार काठमाडौंमा

फिलिपिन्समा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, सुनामीको उच्च सतर्कता

मनीला (एजेन्सी)  जेठ २५ फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९

जेन जी आन्दोलनमा सुधन गुरुङ देखि स्वागत नेपाल सम्मको गोप्य बैठक,यसरी हुन्थ्यो बङ्लादेश शैली मा सत्ता पल्टाउने योजना

काठमाडौँ,२५ जेठ । जेन(जी ले गरेको शान्तिपूर्ण आन्दोलन एकाएक कसरी हिंसात्मक र ध्वंसात्मक बन्यो ? के यो तत्कालको आक्रोश मात्रै थियो कि यसको पछाडि कुनै