फिलिपिन्समा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, सुनामीको उच्च सतर्कता

मनीला (एजेन्सी)  जेठ २५ फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

भूकम्पका कारण दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी र जनरल सान्तोस सिटीसहितको सोक्सस्कार्गेन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

भूकम्पको केन्द्रविन्दु समुन्द्रनजिकै रहेका कारण फिलिपिन्सका नौवटा प्रान्तका तटीय क्षेत्रहरूमा तीन मिटरसम्मको सुनामी आउन सक्ने चेतावनी दिइएको छ। सुनामीको खतरालाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित र उच्च स्थानतर्फ सर्न निर्देशन दिइएको छ। यसको असर छिमेकी देशहरूमा समेत पर्न सक्ने भन्दै इन्डोनेसिया र जापानले पनि आ–आफ्ना तटीय क्षेत्रमा सुनामीको उच्च सतर्कता (अलर्ट) जारी गरेका छन्।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले राज्यका सबै संयन्त्रलाई उद्धारमा होमिन निर्देशन दिनुभएको छ। समाज कल्याण तथा विकास विभाग (DSWD) ले प्रभावित क्षेत्रका ११ लाखभन्दा बढी नागरिकका लागि आपतकालीन खाद्यान्न सामग्री वितरण सुरु गरिसकेको छ भने देशभर ४७ लाख फूड प्याक तयारी अवस्थामा राखिएको जनाएको छ।

सुरक्षा निकायहरूले सम्भावित परकम्पहरूको जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी गरिरहेका छन् भने प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै