नेपाललाई सीमा अतिक्रमणकारी देखाउन खोजिएको भन्दै सांसद राईको आपत्ति

काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालले छिमेकी देश भारतको कुनैपनि भू–भाग अतिक्रमण नगरेको दाबी गर्नु भएको छ । उहाँले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको र भविष्यमा पनि बन्न नसक्ने बताउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘म आज पनि सार्वभौम संसदमा उभिएर भन्छु नेपालले छिमेकी देश भारतको कुनैपनि जमिन अथवा भू–भाग मिचेको छैन । नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन भनी आवाज उठाइरहेका छौ।’ सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले नेपालले भारतको जग्गा अतिक्रमण गरेको जस्तो सन्देश दिन खोजेको आरोप लगाउनु भएको छ। उहाँले सामाजिक सञ्जालमा पनि प्रधानमन्त्रीका समर्थकहरूले विभिन्न आधारहीन सामग्री र कथित प्रमाणहरू सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा प्रस्तुत गर्न खोजिरहेको दाबी गर्नु भएको छ।

 

उहाँले राष्ट्रको छवि र प्रतिष्ठामाथि आँच पुग्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिले कस्तो समाज निर्माण गर्न खोजिएको हो भन्ने प्रश्न समेत उठाउनु भएको छ ।उहाँले भन्नु भयो, ‘सामाजिक सञ्जालमा पनि उहाँको शुभचिन्तनहरुले नभएको प्रमाणहरु श्रृजना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणीत गर्न लागि परेका छन् । यो तहको राष्ट्रियघात गर्न उहाँहरुलाई किन मन लागेको हो । राष्ट्रको बेइज्जत गर्दा आनन्द हुने कस्तो मानसिकता निर्माण गर्दैछौ हामी ? कस्तो समाजको परिकल्पना हामी गर्दैछौ?’

राईले प्रतिपक्षी दलहरूले पछिल्ला केही बैठकदेखि सदनमा उठाउँदै आएको आवाजको उद्देश्य नेपाल सीमा अतिक्रमणकारी देश नभएको तथ्यलाई स्पष्ट पार्नु रहेको बताउनु भयो। उहाँले राष्ट्रिय स्वाभिमान र मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएका विषयमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु हुनुअघि नै नेपालमा छायो फुटबलको माहोल

काठमाडौं,२६ जेठ । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका

गृहमन्त्री गुरुङ र विज्ञान तथा प्रविधि मन्त्री पुनद्वारा शपथ ग्रहण

काठमाडौं,२६ जेठ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ ग्रहण गर्नु भएकोे छ ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

जातीय विभेदविरुद्ध ६० लाख दलित एकजुट हुनुपर्नेमा जोड

काठमाडौं,२६ जेठ । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को

बुद्ध एयरद्वारा नेपाली सेनालाई विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं,२६ जेठ । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित

कांग्रेसका ५ लाख बढी सदस्यले गरे सदस्यता अद्यावधिकः सभापति थापा

रौतहट,२६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिनु भएको छ् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

रामेछाप,२६ जेठ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला